सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू) « Khabarhub

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी छन् ।

बिहीबार आयोजित कार्यक्रममा मन्त्री यादवले बिक्री कक्षको उद्घाटन गर्दै कर्मचारी लगायत सिंहदरबारमा आउनेहरूका लागि सहज र सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो ।

सो अवसरमा उद्योगमन्त्री यादवले उपभोक्ता तथा कर्मचारीहरूलाई बिक्रि कक्षमा आएर सामग्रीहरू खरिद गर्न र कम्तीमा एक पटक अवलोकन गर्न आग्रह गरिन् ।

उनले उपत्यकामा हाल ५ ठाउँमा खाद्यको स्टलहरू रहेका भन्दै आगामी दिनमा अन्य स्थानहरूका साथै भाटभटेनीमा पनि स्टल राख्ने सोच रहेको र सोही अनुसार प्रयास भइरहेको जानकारी दिए । 

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कर्मचारी, सेवाग्राही तथा विभिन्न कामले आउनेहरुको माग र मन्त्रीको निर्देशन अनुसार सिंहदरबारभित्र सेवा शुभारम्भ गरिएको बताए । 

सातौँ वार्षिकोत्सवको अवसरमा देशभरका १९३ स्थानबाट विभिन्न खाद्य वस्तुहरू प्रति केजी ५ रुपैयाँ छुटमा सहुलियत मूल्यमा उपलब्ध गराइएको उनले बताए । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १ : २९ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)