रोल्पा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता « Khabarhub

रोल्पा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा साउन २७ गते बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी राखिएको छ । पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षिय संजय घर्तिमगर घाइते भएका छन् ।

उनीहरु दुवै जनालाई स्वास्थ्य चौकी थवाङ्गबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । लगातार वर्षाको कारण लेदोसहितको पहिरो आईरहेको हुँदा उद्धार कार्यमा कठिनाइ परेको छ ।

पहिरोमा परी मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षिय कमल बहादुर पुन मगर, ४० वर्षिया जुन कुमारी पुन मगर, ९ वर्षिय अशिम पुन मगर, ६ वर्षिय अशोक पुन मगर, ७५ वर्षिय दल बहादुर पुन मगर र ७१ वर्षिया मनरखी पुन मगर छन् । मृत्यु हुनेहरुमध्ये एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ता भएकाहरुको खोजीकार्यको लागि परिचालन भएको छ ।

त्यस्तै बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने ८० वर्षिय अजम्बर पुन मगर, ७८ वर्षिय बल बहादुर पुन मगर, ७२ वर्षिय लिल बहादुर पुन मगर, ७१ वर्षिया मणि पुन मगर र ६७ वर्षिया हस्तकला पुन मगर छन् । उक्त पहिरोमा परी सोही ठाउँ बस्ने मृतक कमल बहादुर पुनमगरको घरसहित अन्य घर र गोठ पुरिँदा पशु चौपाया समेत बेपत्ता भएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ३ : १८ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र