हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान « Khabarhub

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गर्दै जलमार्ग अझै पूर्ण रूपमा नखुलेको जनाएको छ।

इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए) ले सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलघाँटी अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म जलमार्ग पूर्ण रूपमा नखोलिने जनाएको हो।

यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको केही घण्टापछि आएको हो। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा अमेरिकी नौसेनाको उपस्थितिलाई ‘स्टिलको पर्खाल’ को संज्ञा दिँदै इरानले त्यसविरुद्ध केही गर्न नसक्ने दाबी गरेका थिए।

ट्रम्पले अमेरिकी नौसेनाले हर्मुज क्षेत्रमा नाकाबन्दी कायम राखेको तथा इरानको सैन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याइएको दाबी गरेका थिए। उनले इरानको आर्थिक अवस्था र उच्च मुद्रास्फीतिको अवस्थाबारे समेत टिप्पणी गरेका थिए ।

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नवनियुक्त प्रमुख मोहसेन रेजाईले पनि इरानका सबै सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी पूर्ण रूपमा नखोलिने बताए।

रेजाईका अनुसार अमेरिका–इरान युद्ध तथा नाकाबन्दी अन्त्य हुनुपर्ने, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा गरिनुपर्ने तथा लेबनान र गाजामा क्षेत्रीय युद्धविराम हुनुपर्ने इरानको माग छ। यी सर्त पूरा नभएसम्म जलघाँटी बन्द रहने उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ४ : ०२ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र