दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनले शंकास्पद गतिविधि गरेको भन्दै अमेरिकाको आपत्ति « Khabarhub

दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनले शंकास्पद गतिविधि गरेको भन्दै अमेरिकाको आपत्ति


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण चीन सागरमा चीनले विवादित क्षेत्रमा आफ्नो दाबीलाई बल पुर्‍याउन शंकास्पद गतिविधि गरेको भन्दै अमेरिकाले आपत्ति जनाएको छ । स्कारबोरो शोल क्षेत्रमा प्राकृतिक आरक्ष स्थापना गरी फिलिपिन्सका माझीहरूलाई प्रवेशमा रोक लगाएको विषयलाई लिएर अमेरिकाले चीनको यो कदमको विरोध गरेको हो ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनले गत हप्ता यस क्षेत्रको व्यवस्थापनसम्बन्धी नयाँ नियमहरू घोषणा गर्नुअघि नै चिनियाँ तट रक्षक बल र फिलिपिन्सका माछा मार्ने डुङ्गाहरूबीच झडपहरू भएका थिए । नयाँ नियमहरू अनुसार पूर्वस्वीकृति बिना माछा मार्न र खानीसम्बन्धी गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको छ । फिलिपिन्सको तटबाट करिब १५० माइल टाढा रहेको यस क्षेत्रमा सन् २०१२ मा भएको गतिरोधपछि चीनले प्रभावकारी नियन्त्रण कायम गरेको थियो । तर, फिलिपिन्स सरकारले अझै पनि यस क्षेत्रलाई आफ्नै भूभागको रूपमा दाबी गर्दै आएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले एक वक्तव्य जारी गर्दै चीनको यस कदमको आलोचना गरेका छन् । उनले छिमेकी राष्ट्रहरूको अधिकार खोस्दै दक्षिण चीन सागरमा आफ्नो विशाल प्रादेशिक तथा समुद्री दाबीलाई अगाडि बढाउन चीनले बल प्रयोग गरी शंकास्पद वातावरणीय र कानुनी बहानाबाजी गरिरहेको बताए । साथै, चीनको यस प्रकारको गतिविधिले समग्र इन्डो-प्यासिफिक क्षेत्रमा अस्थिरता निम्त्याउने चेतावनी पनि अमेरिकाले दिएको छ।

गएको जुलाई महिनामा फिलिपिन्सका डुङ्गाहरू र चिनियाँ तट रक्षकबीच धेरैपटक झडप भएपछि चीनले यी नियमहरू सार्वजनिक गरेको हो। गत जुलाई २४ मा फिलिपिन्सको तट रक्षक बलले स्कारबोरो शोलमा आफ्नो र मत्स्यपालन विभागका डुङ्गाहरूमाथि चिनियाँ पक्षले वाटर क्यानन (पानीको फोहोरा) प्रहार गरेको जनाएको थियो।

क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न फिलिपिन्सलाई समर्थन गर्दै आएको अमेरिकाले गत सेप्टेम्बरमा यस चिनियाँ आरक्षको स्थापना कालदेखि नै यसको विरोध गर्दै आएको छ। दक्षिण चीन सागरमा आफ्नो एकाधिकार जमाउने उद्देश्यले बेइजिङले यसअघि पनि विवादास्पद पानीमा कृत्रिम टापुहरू निर्माण गर्नुका साथै विभिन्न संरचनाहरू ठडाउँदै आएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ४ : २८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा