गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी « Khabarhub

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई दिनमा हमास र इस्लामिक जिहादका पाँच लडाकु मारिएको दाबी गरेको छ।

आईडीएफका अनुसार खान युनिस क्षेत्रमा गरिएको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका तीन लडाकु मारिएका छन्। मारिनेमा उक्त समूहका एक उपदस्ता कमान्डरसमेत रहेको इजरायली सेनाले जनाएको छ।

इजरायली सेनाका अनुसार इजरायली सैनिकमाथि आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको अवस्थामा उनीहरूलाई निशाना बनाइएको थियो।

त्यस्तै, दक्षिणी गाजाको अर्को क्षेत्रमा गरिएको हवाई आक्रमणमा हमासको सैन्य शाखाअन्तर्गत रफाह ब्रिगेडको नुख्बा फोर्सका दुई सदस्य मारिएको आईडीएफले जनाएको छ।

यसैबीच, गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।

इजरायली सेनाले लडाकु मारिएको दाबी गरे पनि उक्त घटनाबारे हमास र इस्लामिक जिहादको प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : १६ बजे

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,