भारत र रुसबीच समुद्री सहकार्य मजबुत बन्दै « Khabarhub

भारत र रुसबीच समुद्री सहकार्य मजबुत बन्दै


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय भारत र रुसबीच समुद्री सहकार्य मजबुत बन्दै गएको छ । दुई मुलुकबीच पछिल्लो समय जहाज निर्माण, आर्कटिक क्षेत्रमा समुद्री क्षमता विस्तार, नयाँ पारवहन मार्गको पहिचानजस्ता क्षेत्रमा सहकार्य बढ्दै गएको हो ।

यस सहकार्यलाई भारतका बन्दरगाह, समुद्री परिवाहन तथा जलमार्गमन्त्री सर्वानन्द सानोवलले ‘विश्वव्यापी सहकार्य र समुद्री कनेक्टिभिटीमा नयाँ युग’ को संज्ञा दिएका छन् । गत डिसेम्बर महिनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा दुई मुलुकबीच समुद्री सहकार्य मजबुत बनाउने सहमति भएको थियो ।

दुई मुलुकले सन् २०३० सम्म द्विपक्षीय व्यापार १ खर्ब अमेरिकी डलरसम्म पु¥याउने लक्ष्य राखेका छन् । यस लक्ष्यमा जहाज सञ्चालन र लजिस्टिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने जानकारहरु बताउँछन् ।

सोनोवलले भारत र रुसबीच कायम रणनीतिक साझेदारीमा जोड दिँदै अन्तर्राष्ट्रिय उत्तर दक्षिण पारवहन करिडोर र चेन्नाइ भ्लादिभोस्तोक करिडोरले महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ३९ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला