बर्दघाटमा ट्रमा सेन्टरको स्थलगत अनुगमनमा निस्किए विनोद चौधरी « Khabarhub

बर्दघाटमा ट्रमा सेन्टरको स्थलगत अनुगमनमा निस्किए विनोद चौधरी


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बर्दघाट– नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरी शुक्रबार बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन् ।

एक वर्षअघि शुरू भएको दुई तल्ले भवनको पहिलो तल्लाको ढलान कार्यक्रम आज तय गरिएको छ। अवलोकनका क्रममा चौधरीले परियोजनाको महत्त्व औँल्याउँदै सम्बन्धित निर्माण पक्षलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

चिसापानी अस्पताल परिसरमा ट्रमा सहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना आगामी असोज २३ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस अवसरमा विनोद चौधरीले भने, ‘बर्दघाट–चिसापानीमा निर्माण भइरहेको यो ट्रमा सेन्टर केवल एउटा भवन होइन, यो जनताको जीवन बचाउने आशाको केन्द्र हो । पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेले अब समयमै उपचार पाउने छन् । मैले निर्वाचनका बेला गरेको वाचा अनुसार यस क्षेत्रको स्वास्थ्य पूर्वाधारलाई सुदृढ बनाउने प्रतिबद्धताका साथ यो काम अघि बढिरहेको छ, र तोकिएको समयमै सम्पन्न गर्न म स्वयं निरन्तर अनुगमनमा रहनेछु।’

बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठका अनुसार निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरले यस क्षेत्रको स्वास्थ्य सेवामा ठूलो टेवा पुर्‍याउनेछ ।

निर्माणाधीन यस ट्रमा सेन्टरले पूर्व–पश्चिम राजमार्गको नवलपरासी–बुटवल खण्डमा हुने सवारी दुर्घटनाका पीडितलाई तत्काल ट्रमा उपचार उपलब्ध गराउनुका साथै स्थानीय तहका आकस्मिक बिरामीलाई सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । निर्वाचन वाचा अनुसार गौरवको आयोजनाका रूपमा अघि बढाइएको यस परियोजनापछि नवलपरासीवासीमा उत्साह र सकारात्मक अपेक्षा बढेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १२ : १८ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका