बंगलादेशको राजनीति दक्षिणपन्थी बाटोमा « Khabarhub

बंगलादेशको राजनीति दक्षिणपन्थी बाटोमा


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार सम्पन्न चुनावको नतिजा सार्वजनिक भएसँगै बंगलादेशको राजनीति अब दक्षिणपन्थी बाटोतर्फ मोडिएको छ । यस निर्वाचनको अनौपचारिक नतिजामा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले दुई तिहाइ बहुमत प्राप्त गरेको छ ।

बंगलादेशको द डेली स्टारले जनाएअनुसार कुल २ सय ९९ सिट रहेको बंगलादेशी संसदमा बीएनपीले २ सय १० सिट प्राप्त गरेको छ । दोस्रो भएको इस्लामवादी पार्टी जमात ए इस्लामी र उसका साझेदारले ६९ सिट प्राप्त गरेका छन् ।

इस्लामी आन्दोलन बंगलादेशले एक र अन्य पार्टीले छ सिट पाएका छन् ।

निर्वाचनमा जित हासिल गरेपनि पार्टीले सडकमा विजयोत्सव नमनाउने जनाएको छ । बरु, मस्जिदमा शुक्रबारको नमाज पढ्न आफ्ना समर्थकलाई बीएनपीले आह्वान गरेको छ ।

तत्कालीन राष्ट्रपति जियाउर रहमानले सन् १९७८ मा स्थापना गरेको बीएनपी बंगलादेशी राष्ट्रवादको हिमायती मानिन्छ । लामो समयसम्म यस पार्टीलाई रहमानकी श्रीमती तथा वर्तमान बीएनपी नेता तारिक रहमानकी आमा बेगम खालिदा जियाले नेतृत्व गरेकी थिइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १ : ४८ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य