शेख हसीनालाई सत्ताबाट हटाएका विद्यार्थीहरूको पार्टी पहिलो चुनावमै बढारियो « Khabarhub

शेख हसीनालाई सत्ताबाट हटाएका विद्यार्थीहरूको पार्टी पहिलो चुनावमै बढारियो


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा सम्पन्न चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

जमात-ए-इस्लाम र उसका गठबन्धनले ठूलो पराजय भोग्नु परेको छ । ती गठबन्धनका झण्डै नेताहरूमध्ये शेख हसिनालाई सत्ताबाट हटाउन महत्वपूर्ण भूमिका खेल्ने नाहिद इस्लामको पार्टी नेशनल सिटिजन पार्टी (एनसीपी) ले केवल पाँच सीट जितेको छ।

बंगलादेशमा शेख हसिनाको शासनको अन्त्य भएको पहिलो चुनाव सम्पन्न भइसकेको छ । खालिदा जियाको अवसानपछि २०२६ को निर्वाचनबाट बीएनपी करिब दुई दशकयता पहिलो पटक सत्ता नजिक पुगेको छ ।

बीएनपी र उसका सहयोगीले करिब २१२ सीटमा जित हासिल गरेका छन् । आधिकारिक आँकडा अझै जारी भएको छैन । जमातले पनि चुनावी प्रक्रियामा प्रश्न उठाउन थालेको छ ।

छात्र नेताहरू जसले अगस्ट २०२४ मा शेख हसिनाको शक्तिशाली सरकारलाई चुनौती दिएका थिए । तर जेन-जी युवा र छात्र नेताहरूले जनताको भरोसा जित्ने अन्तिम निर्णयमा असफल रहे ।

एससीपीले जमातसँग गठबन्धनमा चुनाव लडे पनि उसको प्रदर्शन धेरै निराशाजनक रह्यो । एनसीपीले जस ३० सीटहरूमा चुनाव लडेको थियो । तीमध्ये केबल पाँचमा जित सम्भव भएको छ, जुन अन्य पार्टीहरूसँग तुलना गर्दा निकै कमजोर हो ।

विज्ञहरूका अनुसार शोषण विरोधी आन्दोलनको नेतृत्व गर्ने नाहिद इस्लाम र अन्य छात्र नेताहरू संगठनात्मक रुपमा एकजुट हुन सकेका थिएनन् ।

अन्य पार्टीहरूको सामना गर्दा बीएनपीको शक्ति निकै बलियो देखिएको छ । यसैबीच, बंगलादेशी युवाहरूले देशमा स्थिरता र सुशासनको अपेक्षा गर्दै बीएनपीलाई समर्थन गरेका छन् ।

रिपोर्टहरूमा एनसीपीले जमातसँग मिलेर चुनाव लड्ने निर्णय गरेपछि पार्टीको छवि र समर्थनमा गिरावट आएको उल्लेख गरिएको छ । केही एनसीपी सदस्यमात्रै यसको विरोधमा अलग भएको खुलेको छ ।

नेशनल सिटिजन पार्टीको पृष्ठभूमि

एनसीपी बंगलादेशको २०२४ को ठूलो छात्र-आन्दोलनबाट जन्मिएको नयाँ राजनीतिक पार्टी हो । त्यो आन्दोलनले लामो समय सत्तामा रहेकी प्रधानमन्त्री शेख हसीनाको सरकारलाई हटायो । आन्दोलनमा अग्रणी रहेको समूहले त्यो आन्दोलनको भावना राजनीतिक मैदानमा जारी राख्न २०२५ मा एनसीपी स्थापना गरेको थियो ।

नाहिद इस्लाम

एनसीपी का संयोजक नाहिद इस्लाम पार्टीको सबैभन्दा माथिल्ला नेता हुन् । उनी २०२४ को छात्र-आन्दोलनका सबैभन्दा देखिने अनुहारमध्ये एक थिए ।
सामाजिक शास्त्रमा स्नातक गरेका नाहिदले बंगलादेशको अन्तरिम सरकारले दिएको जिम्मेवारी त्यागेर एनसीपी गठनमा नेतृत्व गरेका थिए । उनी ‘राष्ट्र निर्माण’ र भ्रष्टाचारमुक्त शासनका लागि पार्टी चलाउने उद्देश्य राख्छन् ।

एनसीपी र २०२६ चुनाव

एनसीपीले यो संसदीय चुनावमा जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनमा भाग लिएको थियो । पार्टीले ३० मध्ये केही क्षेत्रमा उमेदवारी दियो । नाहिद इस्लाम स्वयं ढाका-११ निर्वाचन क्षेत्रबाट विजयी भएका छन्।

तर समग्रमा एनसीपीको प्रदर्शन अपेक्षाअनुसार राम्रो भएन । पार्टीले धेरै कम सीट मात्र जितेको छ । मुख्य राजनीतिक शक्तिहरूसामु यो दल निरीह देखियो ।

यस चुनावलाई बंगलादेशमा केही दशकयता सबैभन्दा प्रतिस्पर्धात्मक रुपमा हेरिएको थियो । जहाँ पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लीगलाई प्रतिबन्ध गरिएको थियो। बीएनपीले संसद्का धेरै सीटहरु जित्दै सरकार बनाउन आवश्यक बहुमत पार गरेको छ।

यस्तै, बंगलादेश जमात-ए-इस्लामी दलका एक मात्रै हिन्दु उम्मेदवार कृष्णा नन्दीले खुलना-१ क्षेत्रबाट हार बेहोरेका छन्। उनको सामना बीएनपीका अमीर एजाज खानसँग भएको थियो खानले १,२१,३५२ मत ल्याएर जित्दा नन्दीले ७०,३४६ मत पाए।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : १३ बजे

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि