मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना « Khabarhub

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ ।

कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

हिमपात र वर्षाको पूर्वानुमान गरिएका क्षेत्रका सर्वसाधारण तथा यातायातका साधन सञ्चालनका साथै ती भेगमा यात्रा गर्नेहरुलाई सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ६ : १४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग