मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण « Khabarhub

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका घार वितरण गरिएको छ । घरपझोङ गाउँपालिकाले पाँचवटै वडाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरेको हो ।

गाउँपालिकाले स्थानीय स्याउ किसानसँगको सहलगानीमा ४५ थान मौरीसहितका घार खरिद गरी वितरण गरेको हो । चालु आर्थिक वर्षको विनियोजित बजेट दुई लाख ५० हजार रुपैयाँ र स्थानीय स्याउ किसानहरूको दुई लाख ५० हजार रुपैयाँ लागत साझेदारी रहने गरी माग सङ्ख्याका आधारमा ४५ थान मौरीसहितका घार वितरण गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए। स्याउखेतीको गुणस्तर तथा उत्पादन वृद्धि गरी किसानको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले घार वितरण गरेको उनले जानकारी दिए।

पछिल्लो समय मुस्ताङका किसानले स्याउ उत्पादनलाई प्रभावकारी बनाउन मौरी चरन व्यवस्थापनमा जोड दिन थालेका छन् । यसअघि पनि सोही गाउँपालिकाले स्याउ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको थियो ।

वसन्त ऋतुको आगमनसँगै मुस्ताङका स्याउ बगैँचामा स्याउका बोटमा फूल फुल्ने सिजन सुरु हुन थालेको छ । प्रतिमौरीसहितका घारको मूल्य ढुवानीसहित ११ हजार रुपैयाँ पर्ने बताइएको छ । स्याउ फार्म, सहकारी, समूह र व्यक्तिगत स्याउ फार्म किसानलाई स्याउको परागसेचन (पोलिनेसन) वृद्धि गर्न मौरीसहितका घार अनुदानमा हस्तान्तरण गरिएको हो ।

विगत १८ वर्षदेखि मौरी व्यवसाय गर्दै आएका पोखरास्थित बेगनास मौरी घार उद्योगका व्यवसायी सूर्यप्रसाद लामिछानेले मुस्ताङमा स्याउलगायत रैथाने फलफूलको उत्पादन तथा गुणस्तर वृद्धिका लागि मौरीपालन आवश्यक रहेको बताए। स्याउको फूल फुल्ने बेला फ्रुड सेटिङका लागि स्याउ बगैँचाभित्र मौरीपालनले परागतसेचनामा सहयोग पुर्याउने व्यवसायी उनी बताउँछन्। 
 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ३ : १६ बजे

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर