मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स « Khabarhub

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रूपमा उभिएको छ । मोटोपनाले निम्त्याउने विभिन्न दीर्घरोगहरू बढ्दै गएपछि हालै काठमाडौंमा ‘दोस्रो अन्तर्राष्ट्रिय मोटोपना सम्मेलन’ सम्पन्न भएको छ ।

उक्त सम्मेलनमा नेपाल, भारत र पाकिस्तानका १० जना वरिष्ठ जीवनशैली विज्ञ डाक्टरहरूले मोटोपना नियन्त्रण गरी स्वस्थ जीवन जिउनका लागि १० बुँदे साझा सुझाव प्रस्तुत गरेका छन् ।

१- आहार, विहार र विचारको त्रिवेणी

विज्ञहरूका अनुसार स्वस्थ रहन के खाने (आहार), कस्तो जीवनशैली अपनाउने (विहार) र कस्तो सोच राख्ने (विचार) भन्ने कुरामा सन्तुलन आवश्यक छ । सकारात्मक सोच र सक्रियता नै मोटोपना घटाउने पहिलो आधार हो ।

२- खानाको मात्रामा लगाम

स्वस्थकर खाना भन्दैमा धेरै खानु हानिकारक हुन सक्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरीभन्दा बढी खानाले तौल बढाउने भएकाले के खाने भन्दा पनि ‘कति खाने’ भन्ने कुरामा सचेत हुनुपर्छ ।

३- चिनी र गुलियोलाई नाइँ भन्नुहोस्

तौल घटाउन चाहनेहरूका लागि चिनी सबैभन्दा ठूलो शत्रु हो । यसले शरीरमा बोसोको मात्रा तीव्र गतिमा बढाउने हुँदा चिनी र चिनीजन्य मिठाइहरू पूर्ण रूपमा त्याग्नुपर्छ ।

४- निश्चित समयभित्र भोजन

दिनभरिको खानालाई ८ देखि १० घण्टाको अन्तराल भित्र खाइसक्ने र बाँकी समय शरीरलाई आराम (फास्टिङ मोड)मा राख्दा बोसो पगाल्न मद्दत पुग्छ ।

५- शरीरको आवश्यकता पहिचान

अरूको देखासिखीमा वा स्वादका लागि धेरै खाने बानी छोड्नुपर्छ । आफ्नो शरीरको उचाइ र कार्यप्रकृति अनुसार कति ऊर्जा (क्यालोरी) चाहिन्छ, त्यति मात्र भोजन गर्नुपर्छ ।

६- भोजन गर्ने सही क्रम

धेरै क्यालोरी खानबाट बच्न भोजनको क्रम मिलाउनु पर्छ । पहिले प्रशस्त पानी पिउने, त्यसपछि सलाद वा सागपात खाने र अन्त्यमा मात्र मुख्य खाना (भात वा रोटी) खाने बानी बसाल्नुपर्छ ।

७- व्यायामको भ्रमबाट बच्ने

‘मैले व्यायाम गरेको छु, अब जति खाए पनि हुन्छ’ भन्ने सोच गलत हो । व्यायामले खर्च गर्ने क्यालोरी भन्दा बढी खाना खाइयो भने तौल घट्नुको साटो झन् बढ्छ ।

८- चपाएर खाने बानी

खानालाई निकै समय लगाएर चपाएर खाँदा पाचन प्रक्रिया सहज हुन्छ । यसले गर्दा मस्तिष्कले ुपेट भरिएकोु संकेत समयमै पाउँछ र मानिसले धेरै खान पाउँदैन ।

९- स्वादभन्दा पोषणलाई प्राथमिकता

जिभ्रोको स्वादका लागि अत्यधिक तेल, मसला र चिल्लो हालेको खानुभन्दा शरीरलाई पोषण दिने सादा र प्राकृतिक खानामा जोड दिनुपर्छ ।

१०- पर्याप्त र गहिरो निद्रा

दैनिक ७ देखि ८ घण्टाको गहिरो निद्रा मोटोपना घटाउन अनिवार्य छ । कम सुत्ने मानिसमा भोक जगाउने हर्मोन सक्रिय हुने र मेटाबोलिज्म सुस्त हुने भएकाले तौल घटाउन कठिन हुन्छ ।

विज्ञहरूका अनुसार यी १० उपायलाई नियमित पालना गर्दा शरीरमा स्फूर्ति आउनुका साथै दीर्घरोगको जोखिम समेत कम हुन्छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ४ : ०६ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि