काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित सम्पन्न भएको छ ।
प्रतियोगिताको अन्तिम दिन सोमबार पोखरा रंगशालामा विभिन्न ट्रयाक तथा फिल्ड इभेन्टमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै केही स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम गरेका हुन् ।
३००० मिटर दौडमा पुरुष र महिला दुबैतर्फ नयाँ कृतिमान स्थापित भएका छन् । पुरुषतर्फ सुदुर पश्चिमबाट सहभागि मुकेश बहादुर पालले ८ मिनेट १९.५७ सेकेण्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे भने महिलातर्फ नेपाल रन यूकेकी सन्तोषी श्रेष्ठले ९ मिनेट ४३.१९ सेकेण्डको समयसहित नयाँ कीर्तिमान बनाइन् ।
त्यस्तै महिला लङ जम्पमा आफ्नै नाममा रहेको रेकर्ड तोड्दै नेपाल पुलिस क्लबकी सिमा चौधरीले ५.९७ मिटर जम्प गर्दै नयाँ कृतिमान कायम गरिन् । उनले एक वर्ष अघी भारतमा सम्पन्न एक प्रतियोगितामा ५.८३ मिटरका साथ रेकर्ड बनाएकी थिइन् ।
सम्पन्न प्रतियोगितामा सुदुर पश्चिमबाट सहभागि भएका मुकेश बहादुर पाल र नेपाल पुलिस क्लबी सिमा चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद ५–५ हजार प्राप्त गरे ।
सोमबार सम्पन्न २०० मिटर पुरुषतर्फ एपीएफका सुशिल केसीले २२.१० सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे ।
लालीगुराँस नेशनल एकेडेमीका प्रबिन राना २२.५३ सेकेन्डका साथ दोस्रो तथा पश्चिम पृतनाका गौरी सार्की २३.५६ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।
२०० मिटर महिलातर्फ एनपीसीकी सिमा चौधरीले २६.३६ सेकेन्डमा स्वर्ण जितिन् । लालीगुराँस नेशनल एकेडेमीकी भगवती खड्का २७.१२ सेकेन्डसहित दोस्रो र गण्डकीकी अनुश्का अधिकारी २७.५३ सेकेन्डका साथ तेस्रो भइन् ।
८०० मिटर दौड प्रतियोगितामा पुरुषतर्फ गण्डकीका केशव बुढाले स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
उनले १ मिनेट ५०.६३ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हासिल गरे । सुदूरपश्चिमका कुशल प्रसाद जोशी दोस्रो तथा एपीएफका सन्दीप नेपाली तेस्रो स्थानमा रहे ।












प्रतिक्रिया