‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’ « Khabarhub

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

सहन नसकेर ०८२ मा उकुसमुकुस पोखियो


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले पुराना दललाई थल पार्दै नयाँ दललाई सत्ताको बागडोर दिएको छ। नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता पनि सम्हालिसकेको छ। जेन-जीको बलमा सत्तामा पुगेको रास्वपालाई सत्ता यात्रा सजिलो भने छैन । यसै सन्दर्भमा हामीले राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई बितेको ०८२ बारे छोटो प्रश्न गरेका छौँ। उनी २०८२ को राजनीति परिवर्तन र दलहरूको अवस्थालाई यसरी विश्लेषण गर्छन् । श्रेष्ठसँगको संक्षिप्त कुराकानी :

समग्रमा हेर्दा २०८२ कस्तो वर्ष रह्यो, विश्लेषण गरिदिनु न ?

यसलाई उथलपुथलको वर्ष भन्नुपर्छ। जनताले सहँदा-सहँदा नसकेर विद्रोहमा उठेको वर्ष हो। जनता मात्र होइन सडक नै विद्रोहमा उठेको वर्ष हो। विद्रोहको अवसर पारेर केही स्वार्थी समूहले आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको वर्ष पनि हो। ०८२ को वर्षलाई असाधारण वर्ष भन्नुपर्छ। असाध्यै धेरै सहिसकेका जनताले अब हामी यो भन्दा बढी सहन सक्दैनौँ। हामी अब परिवर्तन चाहन्छौँ भनेर उनीहरुले आफूलाई सडकमा उतारेको वर्ष हो यो। यसअघि जनताले धेरै कुरा सहे तर ०८२ मा उकुसमुकुस पोखे ।

२०८२ को समीक्षा गर्दा पुराना दलहरूले के गर्नुपर्ने देखिन्छ ?

पुराना दलले निर्दयी भएर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ। आफूभित्र के के गल्ती कमजोरी भयो ? विगतमा के कस्ता गल्ती गरियो र यो स्थिति आयो भनेर समीक्षा गर्नुपर्छ।

पुराना दलको नेतृत्व परिवर्तनको एजेन्डा ठिक छ ?

पुराना दल सबैमा नेतृत्व परिवर्तनको आवश्यकता छ। पुराना दलमा जसले अहिले भएको नेतृत्वले बारम्बार अवसर पाएर पनि जनतालाई सन्तुष्ट बनाउन सकेको छैन भने तत्काल फेरिनुपर्छ। जनतालाई देश बदल्छन् भन्ने किसिमको अनुभूति गर्न र दिन नसक्ने नेतृत्व परिवर्तन हुनुपर्छ। जसमा नेतृत्व राम्रै छ त्यसमा नेतृत्व परिवर्तन गर्नुपर्दैन । जो नेतृत्व देश दुनियालाई परिवर्तन दिन नै फेल भएको छ। त्यहाँ चाहिँ नेतृत्व परिवर्तन हुनुपर्छ।

पुरानाका कुरा भयो, अब नयाँहरूले चाहिँ के गर्नुपर्छ ?

नयाँले विगतमा पुरानाले जेजे भूल गरे त्यसलाई करेक्सन गर्नुपर्छ। पुरानाले गरेको भूलबाट सिक्नुपर्छ । जनतालाई पुरानाले गरेको भूल अब हामी गर्दैनौं र हुँदैन भन्ने कुराको प्रत्याभूति दिनुपर्छ। आफूलाई फेरेर जनमुखी बनाउनुपर्छ । समग्र पहिला देश हो र देशपछि मात्रै आफू हो भनेर समग्र अनुभूति दिन सक्नुपर्छ।

अहिलेसम्मको अवस्था हेर्दा नयाँले केही गर्छन् जस्तो देखिन्छ कि अथवा विश्लेषण गर्न हतार हुन्छ ?

विश्लेषण गर्न हतार हुन्छ होला, भर्खरै काम सुरु भएको छ। काम थालेको कुरालाई सकारात्मक रुपमा हेर्नुपर्छ हामीले। थालेकाहरूले विगतको भूल सच्याउँछन् सच्याउँदैनन् भन्ने कुरा हेर्न बाँकी छ। एमसीसी पास गर्ने विगतका पार्टीहरू हुन्, जो एकदमै घातक छ। नयाँ पार्टीले त्यसलाई खारेज गर्छ कि निरन्तरता दिन्छ ? त्यो हेर्न बाँकी छ।

जनतामा गरिब दुःखी र पछाडि परेको वर्गकामा परिवर्तन पुगेको छैन। त्यो तहसम्म परिवर्तन पुर्‍याउँछन् कि पुर्‍याउँदैनन् भन्ने कुरा हेर्न बाँकी छ। सिस्टममा देश चलाउँछन् कि चलाउँदैनन् त्यो पनि हेर्न बाँकी छ। नयाँले अहिले थालनी केही कुरा राम्रै गरेका छन्।

नयाँले थालेका कुरालाई सकारात्मक लिऊँ तर नयाँले पुरै देशलाई कायापलटै गर्छन् भन्ने कुराको आकलन गर्न चाहिँ हतारो हुन्छ । जनताले खबरदारी गर्न बिर्सेर छोड्यो भने नयाँ पनि पुराना जस्तै बिग्रिन्छन् । जसरी पहिलाका नयाँ नयाँ बिग्रे अहिले त्यस्तै अवस्था हुनसक्छ ।

पुराना दल ०४८ सालमा सबै नयाँ थिए। त्यसबेला केही गर्छु भन्ने हुटहुटी देखिन्थ्यो, तर हालत यस्तो भयो। नयाँ भन्दैमा सबै राम्रो हुन्छ भन्ने हुँदैन । तर जनताले खबरदारी र सडकबाट घच्घच्याउन छोड्नु हुँदैन । ल तिमीहरूले जे जे जनताको सामु वाचा गरेका थियौ । ती बाचाहरू सिद्ध गरेर देखाउ भनेर जनताले निरन्तर खबरदारी र माग गरिरहनुपर्छ। बाटो बिराए भने देखाउने काम पनि गर्नुपर्छ।

अन्तिममा अब ०८३ कस्तो हुनुपर्छ र कस्तो भइदियोस् भन्ने लाग्छ ?

०८२ सम्म जस्तो हालत हो, ०८३ देखि दोहोरिन छोड्नुपर्छ। देशको सिस्टम र पोलिटिकल पार्टी पोलिटिकल सिस्टम खराब भएको होइन। नेताहरू खराब भएका हुन्। नेताहरूले आफूलाई लौ, विगतमा जे भयो भयो अब हामी त्यो भूल गर्ने छैनौँ भनेर जनतासमक्ष माफी माग्नुपर्ने वर्ष पनि हो।

नयाँले पनि पुरानोबाट सिकेर उनीहरूले गरेको गल्ती अब गर्नेवाला छैनौँ भनेर जनता सामुन्ने देखाउनुपर्ने वर्ष हो। ०८२ सम्म देशको हालत जस्तो अवस्थामा पुग्यो अब त्यसलाई छोडेर देशले नयाँ मोड लिनुपर्छ। परिवर्तनको प्रत्याभूति गाउँका कुना काप्चा र दुर्गम भेगमा पुग्नुपर्छ। सबै जनतालाई उत्तिकै सेवासुविधा र पहुँचमा ल्याउन सक्नुपर्छ। ०८३ मा योग सबै काम गर्न नसके पनि कामको थालनी गरेर निरन्तरता दिए अरू वर्षमा पनि सफलता मिल्छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ५१ बजे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।