प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी « Khabarhub

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा स्थानीय तहको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगमार्फत क्षयरोगी खोज्ने अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत स्वास्थ्यकर्मीको टोली प्राविधिक उपकरणसहित गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरिरहेका छन् । केही दिन यता जिल्लाको पूर्वखोला गाउँपालिकामा यो अभियान सञ्चालन भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । क्षयरोगका बिरामीलाई छिटोछरितो पत्ता लगाउन एआई एक्सरे प्रविधि प्रयोग गरिएको उनले जानकारी दिए।

‘सामान्य एक्सरेमा नदेखिने सूक्ष्म समस्या यो प्रविधिले तत्काल पहिचान गर्ने हुनाले उपचार प्रक्रिया सहज भएको छ । त्यसका लागि डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोग पहिचान गर्छ । यसले परम्परागत रूपमा खकार परीक्षण गर्नुअघि नै जोखिम भएका बिरामी छुट्याउन सहयोग गर्छ’, शाखा प्रमुख ढकालले भने ।

पालिकाको वडा नं ५ वीरकोट स्वास्थ्य चौकी र वडा नं १ सिलुवा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी शङ्कास्पद बिरामीको परीक्षण गरिएको छ । विरकोटमा एक सय ८७ जनाको परिक्षण गरिएकामा ३४ जना शङ्कास्पद बिरामी भेटिएको र एक जनाको तत्कालै उपचार सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए ।

यस्तै, सिलुवामा दुई सय ८० जनाको परीक्षण गरिएकामा ४५ जना शङ्कास्पद बिरामी भेटिएका र तीन जनाको तत्कालै उपचार सुरु गरिएको छ । यहाँ भेटिएका शङ्कास्पद क्षयरोगीको थप अवस्था परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल रिफर गरिएको छ ।

एआई प्रविधिले फोक्सोको तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गर्छ र क्षयरोगको सम्भावनालाई प्रतिशतमा देखाउने गरेको प्राविधिक साझेदार विएनएमटी नेपाल पाल्पा परियोजनाका संयोजक सुदीप पौडेलले बताए ।

अरु एक्सरे मेसिनभन्दा एआई प्रविधिले बिरामी पत्ता लगाउन सजिलो भएको यशोधरा आधारभूत अस्पताल कपिलबस्तुका मेडिकल अधिकृत अमूल्यकुमार पाठकले बताए । पालिकाले विभिन्न सङ्घ संस्थाको सहकार्यमा गाउँगाउँ पुगेर क्षयरोगका बिरामी खोज्ने र समयमै उपचार गरी पालिकालाई क्षयरोगमुक्त बनाउन लागिएको वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार पल्लीले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ८ : ३२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको