इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु « Khabarhub

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथि नौसैनिक नाकाबन्दी लगाउने निर्णयको इजरायलले समर्थन गर्ने बताएका छन् ।

नेतान्याहुले भने, ‘इरानले पाकिस्तानमा भएको शान्ति वार्ताको प्रतिवद्धतालाई उल्लङ्घन गरेको छ, त्यसैले राष्ट्रपति ट्रम्पले ‘नौसैनिक नाकाबन्दी’ गर्ने घोषणा गर्नुभएको छ।’

संयुक्त राज्य अमेरिकाको सहयोगी इजरायलले ट्रम्प प्रशासनको पछिल्लो घोषणालाई समर्थन र सहयोग गर्नेछ छ।

उनले भने, ‘हामी पक्कै पनि यो राष्ट्रपतिको यो दृढ अडानलाई समर्थन गर्दछौँ र संयुक्त राज्य अमेरिकासँग निरन्तर समन्वयमा रहनेछौँ।’

इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षा त्याग्न अस्वीकार गरेको बताउँदै ‘स्ट्रेट अफ हर्मुज’मा अमेरिकी नौसेनाको नाकाबन्दी जारी गर्न राष्ट्रपति ट्रम्पले आइतबार आदेश दिएका थिए।

पाकिस्तानमा भएको वार्ता ‘राम्रो’ भएको र अधिकांश बुँदामा सहमति भएको स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले तेहरानले आफ्नो पारमाणविक कार्यक्रमका विषय त्याग्न अस्वीकार गरेकाले वार्ता विफल भएको दावी गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ८ : ३७ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई