महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन « Khabarhub

महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गरिने भएको छ । 

सडक डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्र राजमार्ग (गड्डाचौकी–अत्तरिया–चिसापानी) सडक सीमा सडक केन्द्रबाट २५-२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा, संरचना हटाउन १५ दिनको समयसीमा तोकेको छ ।
    
सडक विभागको स्वीकृतिबिना अस्थायी-स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउनेलगायतका कार्य नगर्न आग्रहसमेत गरेको छ ।
    
जारी सूचनामा राजमार्गको सडक क्षेत्रमा बनेका अस्थायी-स्थायी संरचना, टहरालगायत अन्य संरचनाहरू भत्काउन वा हटाउन १५ दिनको समय दिइएको छ । 

तोकिएको समयावधिभित्र सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ३६ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ