गणेश पराजुलीको अभिव्यक्तिबारे बारको आपत्ति, न्यायालयको मानमर्दन नगर्न चेतावनी « Khabarhub

गणेश पराजुलीको अभिव्यक्तिबारे बारको आपत्ति, न्यायालयको मानमर्दन नगर्न चेतावनी


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाको बैठकमा न्यायालयको मानमर्दन हुने अभिव्यक्ति र बहस रोक्न सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेको छ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले ‘सडकबाट दुईतिहाइ सरकारलाई लल्कारेको’ भन्ने अभिव्यक्ति दिएपछि बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

नेपाल बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले सभामुख अर्याललाई पत्र लेख्दै संसदभित्र न्यायालय र न्यायाधीशको कार्यसम्पादनमा असर पर्ने टिप्पणी हुन नदिन आवश्यक प्रबन्ध र रूलिङ गर्न आग्रह गरेका छन्।

बारले उक्त अभिव्यक्तिबाट ‘दुई तिहाइउपर कसैले केही बोल्न नपाइने’ भन्ने सन्देश गएको उल्लेख गर्दै यसले निरंकुशताको प्रवर्द्धन गर्ने खतरा रहेको जनाएको छ।

पत्रमा संविधानले शक्ति पृथकीकरण, सन्तुलन, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सिद्धान्तलाई लोकतान्त्रिक व्यवस्थाको आधार मानेको उल्लेख गरिएको छ। न्यायपालिकामाथि दबाब सिर्जना गर्ने वा न्यायाधीशलाई चुप लाग्न सन्देश दिने प्रवृत्ति लोकतन्त्रको आत्माविपरीत हुने बारको भनाइ छ।

बारले संविधानको धारा १०५ तथा राष्ट्रिय पञ्चायतकालीन एक नजिरसमेत स्मरण गराउँदै संसद्मा न्यायालयको मानमर्दन हुने अभिव्यक्ति रोक्न सभामुखको ध्यानाकर्षण गराएको हो।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : २४ बजे

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान