डब्ल्यूएचओको सभामा ताइवानलाई सहभागी हुन नदिने चीनको घोषणा « Khabarhub

डब्ल्यूएचओको सभामा ताइवानलाई सहभागी हुन नदिने चीनको घोषणा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले आगामी हप्ता हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को वार्षिक महासभामा ताइवानलाई सहभागी हुन अनुमति नदिने बताएको छ । चीनले ताइवानलाई आफ्नै भूभाग भएको दाबी गर्दै आएको छ । यसै कारण ताइवान धेरैजसो अन्तर्राष्ट्रिय संस्थाहरूबाट बाहिर रहँदै आएको छ ।

सन् २००९ देखि २०१६ सम्म ताइवानले यस सभामा पर्यवेक्षकको रूपमा भाग लिएको थियो । तर सन् २०१७ देखि चीनले ताइवानको सहभागितामा रोक लगाउन थाल्यो । ताइवानी सरकारले चीनको ‘एक चीन’ नीति स्वीकार नगरेका कारण बेइजिङ रुष्ट बनेको हो । वर्तमान राष्ट्रपति लाइ चिङ-तेले पनि अघिल्लो सरकारकै अडानलाई निरन्तरता दिएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियानकुनले ताइवानलाई सहभागी नगराउने निर्णयको बचाउ गरेका छन् । उनले ‘एक चीन’ सिद्धान्त र संयुक्त राष्ट्र संघको मर्यादा जोगाउन यस्तो निर्णय लिइएको बताए ।

यता ताइवानले भने चीनको निर्णयको विरोध गरेको छ । ताइवानका स्वास्थ्य मन्त्री शिह चुङ-लियाङले निम्तो नपाउनु दुःखद भएको बताएका छन् । उनले विश्वका स्वास्थ्य चुनौतीहरू सामना गर्न ताइवानको सहभागिता महत्त्वपूर्ण हुने उल्लेख गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ४ : ४८ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।