आतंकवादविरुद्ध सहकार्य सुदृढ गर्न भारत र सिङ्गापुर सहमत « Khabarhub

आतंकवादविरुद्ध सहकार्य सुदृढ गर्न भारत र सिङ्गापुर सहमत


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ दिल्लीमा भारत र सिङ्गापुरबीच आतंकवाद र अन्तरदेशीय अपराधविरुद्धको संयुक्त कार्यदलको पाँचौँ बैठक सम्पन्न भएको छ । यस बैठकमा दुवै देशले आतंकवाद र अन्तरदेशीय खतराहरूविरुद्ध द्विपक्षीय सहयोग बढाउने कुरामा जोड दिएका छन् ।

बैठकको सह-अध्यक्षता भारतको विदेश मन्त्रालयका संयुक्त सचिव डा. विनोद बहाडे र सिङ्गापुरको गृह मन्त्रालयका उपसचिव ङियाम शि चुनले गरेका थिए । संयुक्त विज्ञप्तिमा दुवै पक्षले सीमापार आतंकवादसहित सबै प्रकारका आतंकवादको कडा निन्दा गरेका छन् । उनीहरूले आतंकवादप्रति शून्य सहनशीलताको सिद्धान्तलाई पुनर्जीवित गरेका छन् ।

दुवै देशले सन् २०२५ अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा र २०२५ नोभेम्बर १० मा नयाँ दिल्लीको लालकिल्ला नजिकै भएका आतंकवादी हमलाको निन्दा गरेका थिए । दुबै मुलुकले आतंकवादी हमलाका दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

आतंकवादको सामना गर्न निरन्तर र व्यापक प्रयास आवश्यक पर्ने कार्यदलको निष्कर्ष छ । यसका लागि दुवै देशले संयुक्त राष्ट्र संघ, आसियान र एफएटीएफ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरू मार्फत बहुपक्षीय सहयोग सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ४ : ४९ बजे

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन

काठमाडौं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

इस्लामावाद- एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक

देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन : बाजागाजा र र्‍यालीसहित नेता–कार्यकर्ता सहभागी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ

राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

कास्की– पोखरामा आज सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य,

न्यायालयमा भ्रष्टाचार र बिचौलियाको प्रभाव चिन्ताजनक : प्रस्तावित न्यायाधीश डाँगी

काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायालयमा भ्रष्टाचार