६ वटा बैंकको खुद नाफा घट्यो, एनआईसी एशियाको नाफा निरन्तर ओरालो « Khabarhub

६ वटा बैंकको खुद नाफा घट्यो, एनआईसी एशियाको नाफा निरन्तर ओरालो


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बैंकिङ क्षेत्रको समग्र खुद नाफामा गत वर्षको तुलनामा १९.६२ प्रतिशतले वृद्धि देखिए तापनि सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये ६ वटा बैंकको नाफामा भने गिरावट आएको छ । 

जेठ महिनासम्मको वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंक, प्रभु बैंक, एनआईएमबि, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।

नाफामा सबैभन्दा ठूलो गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ । यस बैंकको खुद नाफा गत वर्षको जेठको तुलनामा ३८.८१ प्रतिशतले घटेको छ । २०८२ जेठमा ८२९.७४ मिलियन खुद नाफा कमाएको यस बैंकले २०८३ जेठसम्म आइपुग्दा ५०७.७ मिलियन मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ ।

नाफा घट्ने सूचीमा दोस्रो स्थानमा प्रभु बैंक रहेको छ । यस बैंकको खुद नाफा ३४.९१ प्रतिशतले गिरावट आएर १५०४.८३ मिलियन सीमित भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा २३१२ मिलियन खुद नाफा थियो ।

एनआईएमबी बैंकको नाफामा पनि २१.०४ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो वर्ष ५६८८.१८ मिलियन खुद नाफा गरेको यस बैंकले यस वर्ष ४४९१.१ मिलियन मात्र नाफा कमाएको छ ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डको खुद नाफामा ३.७४ प्रतिशत गिरावट आएर समीक्षा अवधिमा २६२४.१५ मिलियनमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा खुद नाफा २७२६.२ थियो ।

समीक्षा अवधिमा एभरेष्टको खुद नाफा  २.७६ प्रतिशतले घटेर ४१२३.४२ मिलियन कायम भएको छ भने  ग्लोबल आइएमईको ०.९६ प्रतिशतले घटेर ५९७८.३४ मा खुम्चिएको छ ।

१४ वटा बैंकले बढाए नाफा

तथ्यांक अनुसार समीक्षा अवधिमा कुमारी बैंकले खुद नाफामा सबैभन्दा ठूलो छलाङ मारेको छ । यस बैंकको नाफा ११६८.४४ प्रतिशतले बढेर ४७०६.९५ मिलियन पुगेको छ, जबकि अघिल्लो वर्ष यो केवल ३७१.०८ मात्र थियो ।

त्यस्तै, समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको ६८.८१, सानिमाको ४४.८४ प्रतिशत, माछापुच्छ्रेको ४४.२५, नबिलको ३२.५१ र प्राइमको २९.०६ प्रतिशत खुद नाफा वृद्धि भएको छ । साथै, हिमालयन बैंकले २८.५९, सिद्धार्थले २६.३०, सिटिजन्सले २३.७१ र एनएमबिले १९.७८, एसबीआई १८.६६ र लक्ष्मी सनराइजले १२.१७ प्रतिशत नाफा वृद्धि गरेका छन् ।

सो अवधिमा गत आर्थिक वर्षको ११ महिनाको तुलनामा नेपाल बैंकको नाफा ८.३७ प्रतिशत र कृषि विकास बैंकको नाफा ७.६७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १ : ५७ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७