दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान « Khabarhub

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । पर्यटन विभागको सहयोगमा अन्नपूर्ण-१ र रघुगङ्गा-७ का वडा कार्यालयको समन्वयमा पदमार्गको पहिचान भएको हो । 

विज्ञान, प्रविधि तथा नवप्रर्द्धनमन्त्री महावीर पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रतिनिधि चित्र तिलिजा पुनले पोखरालाई केन्द्र मानेर दोवा, सोवाङधुरी हुँदै चिमखोला भएर पुन पोखरा फर्कन छ दिनको पदमार्गको पहिचान र सम्भायता अध्ययन गरिएको जानकारी दिए । 

‘पदमार्गको अहिलेको अवस्था र पर्यटक भित्र्याउनका लागि आवश्यक पूर्वाधारको विषयमा स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन पर्यटन विभागमा बुझाएका छौँ’, उनले भने,’धवलागिरि गाउँपालिकाको मुदीबाट गुर्जा हुँदै ढोरपाटन जोड्ने नयाँ पदमार्गको पनि सम्भाव्यता अध्ययन भएको छ ।’ 

परापुर्व कालमा गोठालाले घुम्ती पशुगोठ लेकबेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्ग बनाउन लागिएको दोवाका विकास पुनले बताए। अन्नपूर्ण गाउँपालिका र मणिबराह युवा क्लबको साझेदारीमा यस वर्ष दोवाबाट पातलखर्क, गरेकखर्क, देउरालीडाँडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा चार किलोमिटर ६०० मिटर पदमार्ग निर्माण भइसकेको छ ।  

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको यस आयोजनाका लागि मणिबाराही युवा क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको छ भने स्थानीयले रु एक लाख २४ हजार बराबरको श्रमदान गरेका छन् ।  

दुई वर्षअघि चिमखोलाका तारा गर्बुजाको पहलमा चिमखोलाबाट तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरी जोड्ने पदमार्ग पहिचान गरेर प्रवर्द्धन थालिएको छ । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङधुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता रहेको गर्बुजाले बताए। 

सुर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ । 

बेनी(जोमसोम सडक निर्माणपछि १६ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुबाट सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्ग नजिकका बस्तिबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : १८ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र