हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी « Khabarhub

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज जलमार्ग)लाई अमेरिकाले ‘कब्जा’ गर्ने घोषणा गर्दै यसको रक्षा गर्नका लागि भुक्तानी पाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् ।

‘हामी हर्मुज जलडमरूमध्यको संरक्षक बन्नेछौँ’, राष्ट्रपति ट्रम्पले ‘फक्स एन्ड फ्रेन्ड्स’ सँगको अन्तवार्तामा बताए । उनले भने, ‘अमेरिकाले यसको रक्षा ‘केही पनि नलिई’ गर्दै आएको थियो, तर अब धनी राष्ट्रहरूबाट क्षतिपूर्ति पाउनेछ। हामी यसको रक्षा गर्नका लागि ठूलो रकम लिनेछौँ । तर हामीले यो सब गर्न हाम्रा मानिसहरूलाई खतरा मोल्नका लागि मात्र क्षतिपूर्ति चाहन्छौँ।’

मध्यपूर्वको द्वन्द्वमा अप्रिलको युद्धविरामपछि यो स्तरको अमेरिकी र इरानी आक्रमण भएको छैन। यसले जलडमरूमध्य हुँदै हुने ढुवानी रोकेको युद्धलाई स्थायी रूपमा समाप्त गर्ने प्रयासमा थप शङ्का उत्पन्न गरेको छ। यद्यपि, इरानले यसअघि नै हर्मुज जलमार्गमा आवागमन रोकेको जनाएको छ ।

गत एक साताको द्वन्द्व ऊर्जा व्यापारको महत्वपूर्ण मार्ग केन्द्रित छ, जसको नियन्त्रण वाशिङगटन र तेहरानबीच मुख्य विवादको विषय हो ।

सोमबारको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानी वार्ताकारहरूको रणनीतिप्रति असन्तुष्टि व्यक्त गरे ।सप्ताहन्तमा घण्टौँ लामो वार्तामा सहमति भएका कुराहरूमा उनीहरूले परिवर्तन खोजिरहेको उनको आरोप छ ।

राष्ट्रपति ट्रम्पले भने, ‘हामी जलडमरूमध्य कब्जा गर्दैछौँ। उनीहरूसँग केही पनि छैन।’ इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार भनेका छन्, ‘सरकारले युद्ध बढ्न नदिन कतार, पाकिस्तान र ओमानका मध्यस्थकर्ताहरूसँग कुराकानी गरिरहेको छ ।’

इरानको शक्तिशाली इस्लामिक रिभोल्युसनरी गार्ड कोरले हर्मुज जलडमरूमध्य ‘बन्द’ भएको दाबी गरेको छ, तर अमेरिकाले भने यो समुद्री यातायातका लागि खुला रहेको र इरानको नियन्त्रणमा नभएको बताएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ८ : ३० बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण