निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह « Khabarhub

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण रूपमा दुईतर्फी अवरुद्ध भएको छ।

सडकखण्डअन्तर्गत तुईनखोलामा माथिबाट लगातार ढुंगा खसिरहेको तथा सेती दोभान क्षेत्रमा लेदो बगेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएसँगै दुवैतर्फ चलिरहेका सवारीसाधन रोकिएका छन्।

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार सोमबार साँझ ७:३० बजेसम्म सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको ठूलो वर्षाका कारण पहिरो र लेदो पन्छाउने काम प्रभावित भएको छ। खराब मौसमका कारण सडक खुल्ने समय अझै निश्चित हुन सकेको छैन।

सडक बन्द भएपछि यात्रामा रहेका सवारीसाधनलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गरिएको छ। सम्बन्धित निकायले चालक तथा यात्रुलाई अनावश्यक जोखिम नलिन र पहिरो प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।

निरन्तर वर्षा भइरहेकाले नारायणगढ–मुग्लिन सडक प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई यात्रा सुरु गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरिएको छ।

यो सडक देशकै व्यस्त राजमार्गमध्ये एक भएकाले सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमनमा समेत प्रत्यक्ष प्रभाव परेको छ। मौसममा सुधार आएपछि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ९ : ०९ बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक