११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो « Khabarhub

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ ।

गत जेठमा मात्र विप्रेषण आप्रवाह रु दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड थियो ।

प्रतिवेदनअनुसार यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु २३ दशमलव २१ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो ।

गत जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ५५ हजार ७३५ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ९ : ३८ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र