मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ « Khabarhub

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौँ महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजङ्घा गाउँपालिका(७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सुमनले मौरिसस पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु एक लाख ९० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ महानगरपालिका-२६ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ९ : ४० बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५