खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ « Khabarhub

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी र सशस्त्र प्रहरीसँग सम्बन्धित विषयमा समितिमा परेको उजुरीलाई लिएर आफूले कसैमाथि कपोकल्पित आरोप नलगाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै सुनारले समितिमा उजुरी परेपछि सार्वभौम सांसदको हैसियतमा आवश्यक प्रश्न गरिएको र गरिने बताए । उनले समितिले १५ दिनभित्र सम्बन्धित सबै कागजात पेश गर्न निर्देशन दिएको जानकारी दिँदै विषयमा आवश्यक छानबिन हुन बाँकी रहेको बताए ।

‘बदमासी भएको दाबी सहित समितिमा उजुरी आयो, एक सार्वभौम सांसदको हैसियतले आवश्यक प्रश्न गरियो–गरिन्छ,’ सुनारले लेखेका छन्, ‘समितिले स्पष्ट भनेको छ–१५ दिनभित्र सबै कागज पेश गर्न। आवश्यक छानबिन हुन बाँकी छ। कारबाही जारी छ।’

अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्रै न्यायाधीश बनेर फैसला गर्दै हिँड्न नहुने उनको भनाइ छ। आरोपितलाई संरक्षण गर्दै अनुसन्धान प्रभावित पार्ने शैली स्वीकार्य नहुने उनले उल्लेख गरेका छन् ।

सुनारले भ्रष्टाचारको आरोप लागेका व्यक्तिले बर्दी लगाएर समिति–समितिमा गएर प्रवचन दिन नहुने टिप्पणी गरेका छन्। उनले भाषण गर्ने इच्छा भए बर्दी खोलेर चुनावमा आउनसमेत चुनौती दिएका छन्।

सुरक्षाकर्मीको तल्लो तहमा कार्यरत कर्मचारीको अवस्थाबारे पनि सुनारले प्रश्न उठाएका छन्। गरिब परिवारका छोरा–छोरीले प्रहरी तथा सशस्त्र प्रहरीमा रहेर लामो समय सडकमा ड्युटी गर्ने तर उनीहरूका आधारभूत आवश्यकता पूरा गर्न कठिन हुने अवस्था रहेको उनले बताएका छन् ।

‘तल्लो दर्जाका सिपाही–हवल्दार भ्वाङ परेको बुट र खुइलिएको चुस्ता लगाएर, उसिनेको भात र कुँडोजस्तो दालको भरमा १८–२० घण्टा सडकमा ड्युटी गरेको छ,’ सुनारले लेखेका छन्, ‘छोरा–छोरी पढाउन सकेको छैन, बैंकको किस्ता तिर्न सकेको छैन।’

सुरक्षाकर्मीका लागि आएको बजेटमा अनियमितता भए त्यसको छानबिन हुनुपर्नेमा जोड दिँदै सुनारले त्यस विषयमा आफूले जवाफदेहिता खोज्ने बताएका छन् । उनले आफू सांसद मात्र नभएर आवश्यक परे आफ्नो जीवन नै दाउमा राख्न तयार रहेको उल्लेख गर्दै ‘हिसाब हुने’ चेतावनीसमेत दिएका छन् ।

सुनारले आफू स्वतन्त्र, निष्पक्ष र व्यावसायिक प्रहरीको पक्षमा रहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालको अन्त्यमा उनले ‘सत्य सेवा सुरक्षणम्’ उल्लेख गर्दै नेपाल प्रहरीप्रति सम्मान व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १० : ४० बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५