नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित « Khabarhub

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । सन् २०२६ को जनवरीदेखि हालसम्म जोखिममा रहेको समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनले २२३ जनामा गरेको परीक्षणका क्रममा उनीहरूमा रोगको सङ्क्रमण देखिएको हो । यस अवधिमा नयाँ भेटिएका सङ्क्रमितसहित ९१ जना नयाँ बिरामीले एड्सविद्धको औषधि सेवन गर्न थालेका छन् । ११ जना जिल्ला बाहिरबाट आएका हुन् । योसँगै अहिले फाउन्डेसनबाट एआरटी औषधि सेवन गर्ने एक हजार २९३ जना बिरामी पुगेका छन् ।

अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलका अनुसार सङ्क्रमितहरूमा गरिएको यौन रोग परीक्षणका क्रममा ५२ जनामा यौन रोगको समेत सङ्क्रमण देखिएको छ । एक हजार १६१ जनाको परीक्षणका क्रममा उनीहरूमा यौन रोग देखिएको हो ।

सङ्क्रमण देखिएकाहरूको उपचार गरिएको उले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय सरकारी तवरबाट कण्डम उपलव्ध हुन नसक्दा बिनासावधानी यौन सम्पर्क गर्ने ती समूहमा यौन रोग तथा भिरिङ्गी देखिएको हो ।’

यस्तै एड्स सङ्क्रमितहरूमा क्षयरोगको समस्या पनि देखिने गरेको उनले बताए । एक सय ४८ जनाको खकार परीक्षणका क्रममा १५ जनामा क्षयरोग देखिएको उनको भनाइ छ । जनवरीदेखि हालसम्म नियमित औषधि खाइरहेकामध्ये तीन जनाले औषधि सेवन गर्न छाडेको र सम्पर्कमा पनी नआएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सो समयमा औषधि लिन आउने, गरिब, वृद्ध तथा एकल महिलामध्ये एक हजार २११ जनालाई यातायात, प्रयोगशाला, पोषण, औषधि र आकस्मिक सेवामा सहयोग प्रदान गरिएको छ । नियमित औषधि सेवन गरे सङ्क्रमणबाट जोगिन सकिने उनले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १० : ५८ बजे

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा