एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा  « Khabarhub

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार रहेको खुला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

वडा दशैँको अवसरमा युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा स्थानीयस्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

सयपत्री जनजागरण युवा क्लब बैतेश्वर–७ मार्बुको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरेका हुन् ।

असोज २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दोलखा जिल्लाका नौ पालिकाका १३ वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष मनिष लामाले जानकारी दिए । 

प्रतियोगितामा सहभागी टिमहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँ, द्वितीय हुने टिमले ७५ हजार रुपैयाँ र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

आकर्षक पुरस्कार राशिसहित आयोजना गरिएको प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

विजयादशमीको अवसरमा आयोजना गरिएको प्रतियोगिताले युवाबीच आपसी भाइचारा,एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने आयोजक क्लबले जनाएको छ। यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेलप्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।

क्लबले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति,संघसंस्था तथा खेलप्रेमीलाई धन्यवाद दिँदै खेलाडी र दर्शकको उत्साहजनक सहभागिताका लागि आग्रह गरेको छ । सुवाश बस्नेत/दोलखा 

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ६ : २८ बजे

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र