अर्थ समाचार : नेप्से २१ अङ्कले बढ्यो, गोरखाका पाँच हजार घर विद्युत् विहीन, भोटेकोशी बाढी प्रभावितलाई राहत र चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा « Khabarhub

अर्थ समाचार : नेप्से २१ अङ्कले बढ्यो, गोरखाका पाँच हजार घर विद्युत् विहीन, भोटेकोशी बाढी प्रभावितलाई राहत र चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढेर दुई हजार ६२१ दशमलव २६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव ६३ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अङ्कले बढेर १६० दशमलव ६८ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर चार अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँ खरिदबिक्री भएका छन् ।

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई जनही ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ।

विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले उपलब्ध गराएको उक्त रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। स्थानीय तहसँगको समन्वयमा पहिचान गरिएका बाढी प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सरकारले जनाएको छ।

रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ वटा स्थानीय तहका प्रभावित घरपरिवारले उक्त सहायता पाएका छन्।

तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ।

गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, लाभग्राहीको विवरण प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

महँगीले खर्चिलो बन्दै छ दसैँ

दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ७ : ०७ बजे

विश्वकप क्वालिफायर प्लेअफअगाडि यूएईको कोच बने पूर्वकप्तान मल्ल

काठमाडौं- नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्सको

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

काठमाडौँ– इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएविरुद्ध आर्मीको जित

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन

उद्धव थापाले राजेन्द्र लिङ्देनलाई भने- नेतृत्व छाड्नूस्, नत्र महाधिवेशनमा पराजित गर्छौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलका नेता

बागमतीलाई हराउँदै महिला क्रिकेटको फाइनलमा एपीएफ, स्वर्णका लागि आर्मीसँग भिड्ने

काठमाडाैँ – दशौँ राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटमा बागमती प्रदेशलाई ४१