भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै « Khabarhub

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने भएको छ । नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेशले यही माघ १–३ गतेसम्म महोत्सव आयोजनाको तयारी गरेको हो ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ का अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूको समन्वयमा महोत्सव आयोजनाको तयारी गरिएको महासङ्घका अध्यक्ष लीलाराम ढकालले जानकारी दिए । उनका अनुसार महोत्सवमा ३० मह र २० जैविक विविधतासँग सम्बन्धित अन्नबाली, वास्तु तथा सामग्री र खाद्य परिकारका स्टल राखिनेछ ।

मुलतः जैविक विविधताको संरक्षण गर्दै कर्णालीका मौरीपालक किसानलाई प्रोत्साहित, व्यवसाय प्रवर्द्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले दोस्रो मह महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष ढकालले बताए ।

उनले भने, ‘गत आव २०८१–८२ मा सम्पन्न भएको तीनदिने प्रथम प्रादेशिक मह महोत्सवमा छ क्विन्टल ४८ केजी मह बिक्री भयो । यसबाट मह किसानले करिब १० लाख आम्दानी गरेका थिए ।’

अन्य प्रदेशभन्दा कर्णालीको महको छुट्टै पहिचान भएको बताउँदै उनले कर्णालीमा एक सय ७१ जना मौरीपालक किसान रहेको बताए ।

प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश निर्माण गर्ने अभियानबाट विषादी प्रयोगमा न्यूनीकरण भएको र यसबाट मौरीपालनमा सहयोग पुगेकाले पछिल्लो समयमा यो व्यवसायमा आकर्षण बढेको उनको भनाइ थियो ।

कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले कर्णाली मौरी र प्रजातिका हिसाबले बढी पाइने प्रदेशका साथै उत्पादित मह औषधीय गुणयुक्त छ भन्ने सन्देश महोत्सवले दिने बताए ।

निर्देशक रोकायका अनुसार जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली कायम राख्न र मौरीको भूमिका रैथाने अन्नबालीको उपयोगलाई व्यापक गर्न महोत्सवले विशेष महत्व राख्नेछ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : २२ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने