आर्थिक एवम् सुरक्षा सहकार्य मजबुत बनाउन भारत र जर्मनी सहमत « Khabarhub

आर्थिक एवम् सुरक्षा सहकार्य मजबुत बनाउन भारत र जर्मनी सहमत


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक एवम् सुरक्षा सहकार्य मजबुत बनाउन भारत र जर्मनी सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर फ्रेडरिख मर्जबीच भएको भेटवार्ताका क्रममा आर्थिक एवम् सुरक्षा सहकार्य मजबुत बनाउन दुई मुलुक सहमत भएका हुन् ।

भारत भ्रमणमा रहेका मर्जले मोदीसँग गुजरात राज्यको गान्धीनगरमा भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा दुई मुलुकबीच सहकार्यका विभिन्न सम्झौतापत्रमा समेत हस्ताक्षर भएको समाचार संस्था एपीले जनाएको छ ।

दुई मुलुकले खासगरी रक्षा सहकार्य, सीप विकास, स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न सम्झौता गरेका हुन् । वार्ताका क्रममा मोदीले युरोपेली युनियन ईयूमा जर्मनी भारतको सबैभन्दा महत्वपूर्ण व्यापार साझेदार रहेको बताएका थिए ।

उनले दुई मुलुकबीच मौसम परिवर्तन, ऊर्जा तथा रेअर अर्थ पदार्थको उत्खननजस्ता क्षेत्रमा सहकार्य अभिवृद्धिका लागि पनि सहकार्य अवाश्यक रहेको जनाए । जवाफमा चान्सलर मर्जले भारत पनि जर्मनीकोे महत्वपूर्ण साझेृदार रहेको जनाएका थिए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : २६ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला