‘कमेडी दरबार’को तेस्रो सिजनको सुटिङ सुरु, पहिलो भागका अतिथि दयाहाङ, साैगात र तेरिया « Khabarhub

‘कमेडी दरबार’को तेस्रो सिजनको सुटिङ सुरु, पहिलो भागका अतिथि दयाहाङ, साैगात र तेरिया


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिक्की अग्रवाल निर्देशक र प्रस्तोता रहेको कमेडी शो ‘कमेडी दरबार’को तेस्रो सिजनको सुटिङ सुरु भएको छ ।

नयाँ वर्षको पहिलो दिन नै तेस्रो सिजनको पहिलो र दोस्रो भागको छायाङ्कन गरिएको हो ।

पहिलो भागको अतिथि बनेर फिल्म ‘मितज्यू’का टोली आएका छन् । दरबारको सेटबाट नायकहरू दयाहाङ राई, सौगात मल्ल र नायिका तेरिया मगरको तस्बिर बाहिरिएको छ ।

दोस्रो भागमा भने फिल्म ‘पहाड’का टोलीहरू रहको निर्माण टिमले बताएको छ ।

यही शुक्रबारबाट प्रसारण सुरू हुने बताइएको छ ।

तेस्रो सिजनको जजमा नायिका दिया मास्के थपिएकी छन् । मनोज गजुरेल र गौरी मल्लले पनि जजमा निरन्तरता पाएका छन् ।

कलाकारहरूमा हिमेश पन्त र उत्सव सापकोटा बाहिरिँदा सन्तोष थापा, सुजन जिम्बा र दिनेश काफ्लेको प्रवेश भएको छ ।

अघिल्ला सिजनका अन्य कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्याल यथावत रहेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  २ : २५ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल