नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल « Khabarhub

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरणसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।

गत मङ्गलबार आयोजित उक्त कार्यक्रममा व्यापार, पारवहन, ढुवानी, सम्पर्क सञ्जाल तथा लगानीका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उक्त महावाणिज्यदूतावासले जनाएको छ । साथै नेपालको व्यापार तथा पारवहन संरचना, लगानीका सम्भावना तथा नेपाल–भारत आर्थिक सहकार्य सुदृढ गर्न भएका प्रयासबारे पनि विमर्श भएको थियो ।

कार्यक्रममा श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका अध्यक्ष राजेन्द्र रमनसहित वरिष्ठ अधिकारी, कोलकाता भन्सार कार्यालयका प्रतिनिधि, जल यातायात तथा ढुवानी सेवा प्रदायक, कोलकाता कस्टम्स हाउस एजेन्ट्स एसोसिएसन तथा नेपाल कस्टम्स हाउस एजेन्ट्स एसोसिएसनका प्रतिनिधि, आयातकर्ता, निर्यातकर्ता, लगानीकर्ता, नेपाली व्यवसायी, सञ्चारकर्मी तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

त्यसैगरी, श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका ट्राफिक प्रबन्धक रविशङ्कर राजहंसले बन्दरगाहमा उपलब्ध सुविधा, पूर्वाधार विकासका काम तथा नेपालतर्फ जाने मालसामानको ढुवानी सहज बनाउन अपनाइएका उपायबारे जानकारी दिए ।

कार्यक्रमका सहभागीहरूले व्यापार सहजीकरण, भन्सार समन्वय, ढुवानी व्यवस्थापन, सम्पर्क सञ्जाल विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा सुझाव राखेका थिए । सहभागीले उठाएका जिज्ञासा तथा समस्याबारे महावाणिज्यदूत झक्कप्रसाद आचार्यले जवाफ दिएका थिए ।

उनले नेपाल–भारतबीच व्यापार सहजीकरण, सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सहकार्य प्रवद्र्धनका लागि महावाणिज्यदूतावासले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ९ : ५० बजे

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र