अर्थसंक्षेप : नेपाली शिक्षा क्षेत्रमा थप लगानी गर्न विश्व बैंक इच्छुक, मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो र नेप्से १० अंकले ओरालो « Khabarhub

अर्थसंक्षेप : नेपाली शिक्षा क्षेत्रमा थप लगानी गर्न विश्व बैंक इच्छुक, मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो र नेप्से १० अंकले ओरालो


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक
विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न चासो देखाएको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले नेपालको शिक्षा क्षेत्रमा थप लगानी र सहकार्य विस्तार गर्न विश्व बैंक इच्छुक रहेको बताएका हुन् ।

भेटवार्तामा शिक्षा क्षेत्र सुधार, शैक्षिक पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षामा पहुँच विस्तार र दीर्घकालीन सुधारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

सो अवसरमा मन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण तथा शिक्षामा डिजिटाइजेशन र प्रविधि विस्तारलाई सरकारले प्रमुख एजेन्डाका रूपमा अघि बढाएको बताए।

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित

सीआईबीद्वारा एनसेल मुख्यालयबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाबाट आरोहण

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो
जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा थप गिरावट आएको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनाका लागि ८ वटा बैंकले ब्याजदर कटौती गरेका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन् ।

तथ्यांक अनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४२ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ०.०७ प्रतिशतले घटेर ४.३४ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि वैशाखको ३.२३ प्रतिशतबाट ०.०३ प्रतिशतले घटेर जेठमा ३.२० प्रतिशत कायम भएको छ ।

जेठ महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी, सिटिजन्स, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया बैंक रहेका छन् । जसमध्ये व्यक्तिगत नेपाल बैंक, एनएमबि, हिमालयन, राष्ट्रिय वाणिज्य, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया र कुमारी बैंकले क्रमशः ०.२५, ०.२०, ०.२५, ०.२५, ०.१०, ०.२५ र ०.०९ प्रतिशतले ब्याजदर घटाएका छन् ।

नेप्से परिसूचक १० अंकले घट्यो

सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

एनआईएमबीका सीईओ पक्राउप्रति बैंकिङ क्षेत्रका छाता संगठनको विरोध

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउको विषयमा बैंकिङ क्षेत्रका छाता संगठनले विरोध जनाएका छन् । बिहीबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै एनआईएमबीका सीईको पक्राउको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जन विश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतको प्रक्राउले बैंकको साखमा नै गिरावट आउन सक्ने र बैंकको स्थायित्वमा नै आँच आउन सक्ने हुन्छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृत जस्तो पदको गरिमालाई समेत मध्यनजर गर्दै ‘सुन अनि थुन’ को सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने भएमा पाण्डेलाई यथाशीघ्र थुनाबाट बाहिरै राखेर अनुसन्धान प्रकृया अघि बढाउन संगठनहरूले माग गरेका छन् ।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन


प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ७ : ०१ बजे

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

तेहरान – इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई मङ्गलबार

कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक

गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा गत वैशाख २३ गते चक्कु प्रहारी गुल्मीका