टिकटकमा हतियार प्रदर्शन गरेको आरोपमा पाकिस्तानमा आठ जना पक्राउ « Khabarhub

टिकटकमा हतियार प्रदर्शन गरेको आरोपमा पाकिस्तानमा आठ जना पक्राउ


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी प्रहरीले विभिन्न स्थानबाट आठ जना टिकटक प्रयोगकर्तालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । स्थानीय सञ्चारमाध्यमहरूले यसको पुष्टि गरेका छन् ।

प्रहरी अधिकारी वकास रफिकका अनुसार सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने युवाहरु विरुद्धको कारबाही जारी रहनेछ । जिल्लाभर बन्दुक संस्कृतिलाई प्रोत्साहन गर्ने जोकोहीलाई पनि कानुनी कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

प्रहरीको ‘सोसल मिडिया मनिटरिङ सेल’ले पहिचान गरेपछि टिकटक प्रयोगकर्ताहरू पक्राउ परेका हुन्।

अनलाइनमा हतियारको महिमा गाउने कार्यलाई रोक्न प्रहरीले यो अभियान चलाएको हो । युवाहरूमाझ बन्दुक संस्कृतिको विस्तानरलाई निरुत्साहित गर्नु यस अभियानको मुख्य उद्देश्य हो।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ४ : ४९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले