कराँचीमा घरेलु हिंसा र उत्पीडनका घटनामा वृद्धि, महिला र बालबालिका असुरक्षित « Khabarhub

कराँचीमा घरेलु हिंसा र उत्पीडनका घटनामा वृद्धि, महिला र बालबालिका असुरक्षित


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा महिला तथा बालबालिकामाथि हिंसा र असुरक्षाका घटना बढ्दै गएको पाइएको छ । पाकिस्तानको कराँचीजस्तो ठूलो र शिक्षित सहरमा पनि महिलाहरू आफ्नै घरभित्र सुरक्षित छैनन् । यहाँ महिला र बालबालिकामाथि हुने हिंसाका घटना लगातार बढिरहेका छन् । प्रहरीको ‘महिला तथा बालबालिका संरक्षण सेल’ ले सार्वजनिक गरेको तथ्याङ्कमा भयावह अवस्था देखाएको छ ।

चालु वर्षको पहिलो चार महिनामा दर्ता भएका उजुरीको तथ्याङ्कका अनुसार जनवरीदेखि अप्रिल महिनासम्म कराँचीमा कम्तीमा ३८८ वयस्क र १० जना बालबालिका घरेलु हिंसा र उत्पीडनको सिकार भएका छन् । प्रहरीसामु नआइसकेका अरु धेरै घटनाको यकिन तथ्याङ्क छैन ।

प्रतिवेदन अनुसार यो अवधिमा घरेलु हिंसाका सबैभन्दा धेरै उजुरी परेका छन् । चार महिनामा घरेलु हिंसासम्बन्धी कुल २९७ वटा उजुरी दर्ता भए । तीमध्ये १९० वटा उजुरीको समाधान गरिएको छ। तर झन्डै १०० वटा उजुरी अझै पनि प्रक्रियामै अड्किएका छन् । प्रहरीले घरेलु हिंसाका तीनवटा घटनामा मात्र औपचारिक मुद्दा दर्ता गरेको छ ।

यसैगरी सहरमा महिला उत्पीडन र धम्कीका घटना पनि उत्तिकै बढेका छन् । संरक्षण सेलमा उत्पीडनका ८३ वटा उजुरी परेका थिए । तीमध्ये ४२ वटाको समाधान भइसकेको छ भने ४१ वटामा कारबाही प्रक्रिया चलिरहेको छ । उत्पीडनको एउटा घटनामा मात्र प्रहरीले औपचारिक मुद्दा दर्ता गरेको छ ।

यसका साथै जबरजस्ती करणी र धम्कीका १९ वटा उजुरी परेका छन् । तीमध्ये ९ वटा उजुरी सुल्झिएका छन् भने १० वटामा अनुसन्धान र कानुनी कारबाही हुन बाँकी छ ।

महिला तथा बालबालिका संरक्षण सेलका अधिकारीहरूले पीडितहरूलाई कानुनी सहायता, परामर्श र सुरक्षा दिने प्रयास भइरहेको बताएका छन्। तर, बढ्दो उजुरी र सुल्झन बाँकी रहेका मुद्दाहरूले कराँचीमा लैङ्गिक हिंसाको संकट कति गहिरो छ भन्ने देखाउँछ। यहाँ अझै पनि धेरै पीडितहरू सुरक्षा र न्यायका लागि संघर्ष गरिरहेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ४ : ४९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले