रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए « Khabarhub

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार संसद् बैठकमा सहभागी हुन गएका छन् ।

सभापति रवि लामिछानेसँग ५ मिनेट गोप्य छलफलपछि उनी मंगलबार संसद् बैठकमा भाग लिन पुगेका हुन् ।

गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएयता निरन्तर संसद्लाई बेवास्ता गर्दै आएका उनी नागरिकस्तरबाट दबाब बढ्दै गएपछि वालेन्द्र उपस्थित भएका हुन् ।

उनको पछिपछि रास्वपा सभापति रवि लामिछाने पनि देखिए। उनीहरू संसद्मा आउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओली बोलिरहेकी थिइन्।

उनी यसअघि सभापति लामिछानेको बूढानीलकण्ठस्थित घरमा पनि पुगेका थिए । जहाँ पुगेर उनले सरकारका कामको बचाउ गरेका थिए ।

तर आइतबार र सोमबार सरकारकै मान्छेको योजनामा न्यूरोड क्षेत्र र सञ्चारमाध्यमका कार्यालय अगाडि गाडी तेर्स्याउने कदमले चौतर्फी आलोचना भइरहँदा वालेन्द्र संसद् पुगेका हुन्।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ४६ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा