सरकारले भन्यो : मिडियाका कार्यालयमा गाडी तेर्स्याउने समूह खोज्दैछौँ, पत्ता लगाएर कारबाही हुन्छ « Khabarhub

सरकारले भन्यो : मिडियाका कार्यालयमा गाडी तेर्स्याउने समूह खोज्दैछौँ, पत्ता लगाएर कारबाही हुन्छ


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सोमबार विभिन्न सञ्चारमाध्यमहरूका कार्यालयमा त्रास फैल्याउने गरी शंकास्पद रुपमा गाडी तेर्स्याउनेको खोजी भइरहेको बताएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले त्यसरी मिडिया हाउसलाई त्रसित बनाउने गरी गाडी तेर्स्याउने समूहको खोजी भइरहेको जवाफ दिएका हुन् ।

‘विभिन्न सञ्चारमाध्यम अगाडि गरिएको शंकास्पद पार्किङको घटनामा जोसुकै भए पनि कानुन बमोजिम कारबाही हुन्छ’, उनले भने।

सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर र हिमालयन टीभीको काठमाडौंस्थित कार्यालयका प्रवेशद्वारमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको थियो ।

नेपाली सञ्चारमाध्यमलाई तर्साउन र सरकारमाथि उठ्ने प्रश्न रोक्नका लागि यस्ता गतिविधि सरकार सञ्चालकको संरक्षणमा नै भएको हुन सक्ने भन्दै प्रतिनिधिसभामा मंगलबार प्रतिपक्षी सांसदहरूले पनि विरोध गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ५ : ५४ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ