सरकारले भन्यो : मिडियाका कार्यालयमा गाडी तेर्स्याउने समूह खोज्दैछौँ, पत्ता लगाएर कारबाही हुन्छ « Khabarhub

सरकारले भन्यो : मिडियाका कार्यालयमा गाडी तेर्स्याउने समूह खोज्दैछौँ, पत्ता लगाएर कारबाही हुन्छ


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सोमबार विभिन्न सञ्चारमाध्यमहरूका कार्यालयमा त्रास फैल्याउने गरी शंकास्पद रुपमा गाडी तेर्स्याउनेको खोजी भइरहेको बताएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले त्यसरी मिडिया हाउसलाई त्रसित बनाउने गरी गाडी तेर्स्याउने समूहको खोजी भइरहेको जवाफ दिएका हुन् ।

‘विभिन्न सञ्चारमाध्यम अगाडि गरिएको शंकास्पद पार्किङको घटनामा जोसुकै भए पनि कानुन बमोजिम कारबाही हुन्छ’, उनले भने।

सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर र हिमालयन टीभीको काठमाडौंस्थित कार्यालयका प्रवेशद्वारमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको थियो ।

नेपाली सञ्चारमाध्यमलाई तर्साउन र सरकारमाथि उठ्ने प्रश्न रोक्नका लागि यस्ता गतिविधि सरकार सञ्चालकको संरक्षणमा नै भएको हुन सक्ने भन्दै प्रतिनिधिसभामा मंगलबार प्रतिपक्षी सांसदहरूले पनि विरोध गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ५ : ५४ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा