होल्डिङ सेन्टरका विद्यार्थीका लागि विद्यालय आवतजावत गर्न बस सेवा सञ्चालन « Khabarhub

होल्डिङ सेन्टरका विद्यार्थीका लागि विद्यालय आवतजावत गर्न बस सेवा सञ्चालन


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालय आवतजावतका लागि बस सेवा सञ्चालन गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबारदेखि भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरका विद्यार्थीका लागि दुई वटा बस सञ्चालनमा ल्याइएको जानकारी दिए।

‘समस्या समाधान नभएसम्म विद्यार्थीको नियमित पठनपाठन सुनिश्चित गर्न बसको व्यवस्था गरेका छौँ। आजदेखि दुई वटा बस सञ्चालनमा आएका छन्। ती बसले विद्यार्थीलाई उनीहरू अध्ययनरत विद्यालयसम्म पुर्‍याउने र पुनः होल्डिङ सेन्टरमा ल्याउने काम गरिरहेका छन्,’ मन्त्री पोखरेलले बताए।

उनका अनुसार खरिपाटी होल्डिङ सेन्टरमा २१ जना र बोडेमा १८ जना विद्यार्थी रहेका छन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई हाल खरिपाटी र बोडेमा स्थानान्तरण गरिएको हो।

विद्यार्थीलाई आवश्यक परे विद्यालय परिवर्तन गर्ने विकल्पबारे पनि छलफल गरिएको भए पनि अधिकांशले आफू अध्ययनरत पुरानै विद्यालयमा पढाइलाई निरन्तरता दिन चाहेको मन्त्री पोखरेलले जानकारी दिए।

यसैबीच, कीर्तिपुरमा आएको बाढीका कारण विद्यार्थीका कापी, किताब तथा अन्य शैक्षिक सामग्री क्षतिग्रस्त भएपछि सरकारले उनीहरूलाई नयाँ पाठ्यसामग्री उपलब्ध गराएको पनि मन्त्री पोखरेलले बताए।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : ०१ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा