होल्डिङ सेन्टरका विद्यार्थीका लागि विद्यालय आवतजावत गर्न बस सेवा सञ्चालन « Khabarhub

होल्डिङ सेन्टरका विद्यार्थीका लागि विद्यालय आवतजावत गर्न बस सेवा सञ्चालन


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालय आवतजावतका लागि बस सेवा सञ्चालन गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबारदेखि भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरका विद्यार्थीका लागि दुई वटा बस सञ्चालनमा ल्याइएको जानकारी दिए।

‘समस्या समाधान नभएसम्म विद्यार्थीको नियमित पठनपाठन सुनिश्चित गर्न बसको व्यवस्था गरेका छौँ। आजदेखि दुई वटा बस सञ्चालनमा आएका छन्। ती बसले विद्यार्थीलाई उनीहरू अध्ययनरत विद्यालयसम्म पुर्‍याउने र पुनः होल्डिङ सेन्टरमा ल्याउने काम गरिरहेका छन्,’ मन्त्री पोखरेलले बताए।

उनका अनुसार खरिपाटी होल्डिङ सेन्टरमा २१ जना र बोडेमा १८ जना विद्यार्थी रहेका छन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई हाल खरिपाटी र बोडेमा स्थानान्तरण गरिएको हो।

विद्यार्थीलाई आवश्यक परे विद्यालय परिवर्तन गर्ने विकल्पबारे पनि छलफल गरिएको भए पनि अधिकांशले आफू अध्ययनरत पुरानै विद्यालयमा पढाइलाई निरन्तरता दिन चाहेको मन्त्री पोखरेलले जानकारी दिए।

यसैबीच, कीर्तिपुरमा आएको बाढीका कारण विद्यार्थीका कापी, किताब तथा अन्य शैक्षिक सामग्री क्षतिग्रस्त भएपछि सरकारले उनीहरूलाई नयाँ पाठ्यसामग्री उपलब्ध गराएको पनि मन्त्री पोखरेलले बताए।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : ०१ बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर