युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी « Khabarhub

युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ । युक्रेनी वायुसेनाले मंगलबार जनाएअनुसार केही क्षेप्यास्त्र तथा ड्रोन भने राजधानी किभमा प्रहार हुँदा त्यहाँ क्षति पुगेको छ ।

लगभग दुई सातायता पहिलो पटक युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गर्न सफल भएको दाबी गरेको हो । ब्यालिस्टिक क्षेप्यास्त्र ड्रोन वा क्रुज क्षेप्यास्त्रको तुलनामा अवरोध गर्न बढी कठिन मानिन्छन् ।

युक्रेनी वायु प्रतिरक्षाले अमेरिका निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ। ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न यो प्रणाली प्रभावकारी मानिए पनि इरानसँगको युद्धका कारण यसका अवरोधक क्षेप्यास्त्रको आपूर्तिमा कमी आएको बताइएको छ ।

किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणबाट दुईवटा गोदाममा आगलागी भएको छ भने एउटा विद्यालयमा पनि क्षति पुगेको छ । रुसी रक्षा मन्त्रालयले भने किभस्थित लामो दूरीका क्षेप्यास्त्र र ड्रोन उत्पादन गर्ने सैन्य उद्योगलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।

युक्रेनी वायुसेनाका अनुसार एउटा ब्यालिस्टिक क्षेप्यास्त्र र २५ वटा ड्रोन १७ स्थानमा खसेका छन् भने १० स्थानमा अवरोध गरिएका हतियारका भग्नावशेष खसेका छन् ।

जाडोयाम नजिकिँदै जाँदा युक्रेनले आफ्नो हवाई प्रतिरक्षा क्षमता थप सुदृढ बनाउने प्रयास गरिरहेको छ । सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता ऊर्जा पूर्वाधारमाथि बारम्बार हुने क्षेप्यास्त्र आक्रमणले युक्रेनको विद्युत् प्रणालीमा ठूलो क्षति पुगेको छ ।

यसैक्रममा, युक्रेनसहित नौ देशले युरोपका लागि साझा ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली निर्माण गर्ने पहलमा सहभागी भएका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी १२ महिनाभित्र साझेदार राष्ट्रहरूसँग मिलेर कम लागतको हवाइ प्रतिरक्षा प्रणाली विकास गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

उता, युक्रेनले रुसी तेल पूर्वाधारमाथि पनि लामो दूरीका आक्रमणलाई निरन्तरता दिएको छ । स्थानीय अधिकारीका अनुसार दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा रहेको अफिप्स्की तेल प्रशोधन केन्द्रमा आक्रमणपछि आगलागी भएको थियो, जसलाई पछि नियन्त्रणमा लिइएको छ ।

रुसी रक्षा मन्त्रालयले भने रातभर विभिन्न रुसी क्षेत्र, कब्जामा रहेको क्रिमिया तथा अजोभ र कालो सागर क्षेत्रमाथि प्रहार गरिएका २८८ युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : ०५ बजे

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी