पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना « Khabarhub

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको चलखेल प्रकरणमा पाण्डेलाई जिल्ला अदालतले मंगलबार सजाय निर्धारण गरेको हो । यसअघि असार २३ मा पनि दोषी ठहर भएका थिए ।

उनलाई ठगीतर्फ २ वर्ष कैद र २० हजार जरिवाना सुनाइएको हो । उता संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार जरिबाना तोकिएको छ ।

त्यस्तै एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ । उनी हाल जेलमै छन्।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : १० बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा