बंगलादेशमा अझै रोकिएन राजनीतिक हत्या र हिंसाका घटना « Khabarhub

बंगलादेशमा अझै रोकिएन राजनीतिक हत्या र हिंसाका घटना


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका: बंगलादेशमा राजनीतिक हिंसा अन्त्य गर्ने बाचासहित सत्ता सम्हालेको नयाँ सरकारको ६ महिना पूरा भए पनि देशमा राजनीतिक हत्या र हिंसाका घटना रोकिएका छैनन्। सन् २०२४ को जनक्रान्तिपछि भएको फेब्रुअरीको निर्वाचनबाट बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का तर्फबाट प्रधानमन्त्री बनेका तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा चलेको राज्य प्रायोजित हिंसा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, मानवअधिकारवादी संस्थाहरूले भने राजनीतिक प्रतिद्वन्द्वीता, कमजोर कानुन कार्यान्वयन र दण्डहीनताको संस्कृतिले गर्दा निर्वाचनपछिका दिनमा पनि हिंसा जारी रहेको बताएका छन् ।

प्रमुख मानवअधिकार संस्था ‘आइन ओ सालिस केन्द्र’ (एएसके) ले गत ६ महिनाको अवधिमा कम्तीमा ६६ वटा राजनीतिक हत्याका घटना रेकर्ड गरेको छ। यसैगरी, प्रहरी हिरासतमा ६१ जनाको मृत्यु, ११ वटा न्यायेतर हत्या र अन्य मानवअधिकार उल्लङ्घनका घटनाहरू पनि रेकर्ड गरिएको संस्थाका वरिष्ठ अधिकारी आबु अहमद फैजुल कबीरले एएफपीलाई जानकारी दिए। उनका अनुसार जेल र प्रहरी हिरासतमा हुने मृत्युका घटनाहरू बढ्दै गएका छन्।

तर, सरकारले भने यसलाई खारेज गर्दै आएको छ। सरकारले परिस्थिति सुधारोन्मुख रहेको दाबी गर्दै हालै सार्वजनिक भएका हत्याका तथ्याङ्कहरू पुराना घटनाहरूसँग सम्बन्धित रहेको र अहिले मात्र पीडित परिवारले प्रहरीमा उजुरी दिन सुरक्षित महसुस गरेकाले तथ्याङ्क बढेको जनाएको छ । गत जुनको अन्त्यमा संसद्लाई सम्बोधन गर्दै गृहमन्त्री सलाउद्दीन अहमदले वर्तमान सरकार सत्तामा आएपछि अधिकांश परिसूचकहरूमा ऐतिहासिक सुधार आएको दाबी गरेका थिए ।

गत जुन महिनामा हसिनाको अवामी लिगद्वारा आयोजित एक र्‍यालीमा सहभागी भएका १७ वर्षीय मोहम्मद सुमन बेपत्ता भएका थिए । छिमेकी भारतमा निर्वासनमा रहेकी र अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएकी हसिनाको दलको उक्त र्‍याली प्रतिबन्धित थियो । त्यसको तीन दिनपछि प्रहरीले तुराग नदीबाट सुमन र अन्य दुई जनाको शव बरामद गरेको थियो । सुमनका काका ज्वेल बाबुले सुमन राजनीतिमा संलग्न रहेको बारे परिवारलाई समेत जानकारी नभएको बताउँदै ऊ विद्यालयको पढाइका साथै रातिको समयमा बजारमा मजदुरको रूपमा काम गर्ने एक मेहनती किशोर भएको उल्लेख गरे ।

सुमनका परिवारका अनुसार स्थानीय बीएनपी नेताहरूले लखेटेपछि प्रहरी र भीडबाट बच्न नदी तर्न खोज्दा उक्त घटना भएको हो। पक्राउ परेका सात जनाको तर्फबाट कानुनी लडाइँ लडिरहेका सर्वोच्च अदालतका वकिल आरिफ सरकार पावेलले नदी पार गरेपछि उनीहरूमाथि प्रहरी र स्थानीय बीएनपी नेताहरूले बाँसको भाटाले कुटपिट गरेको बताउँदै प्रहरीले सत्य लुकाउन खोजेको आरोप लगाउनुभयो।

प्रहरीले भने यस प्रकारका दमनका आरोपहरूलाई अस्वीकार गर्दै हत्याको कुनै पनि घटना नभएको दाबी गरेको छ । प्रहरी प्रवक्ता एएचएम सहदात हुसेनले अधिकारीहरूले सबै हिंसाका घटनाहरूको अनुसन्धान गरिरहेको र कहिलेकाहीं व्यक्तिगत रिसइबी वा जग्गासम्बन्धी विवादका कारण हत्या हुने गरे पनि पीडितहरू राजनीतिमा आबद्ध भएका कारण मात्र ती घटनालाई राजनीतिक हिंसाको रूपमा लेबल लगाइने गरेको स्पष्ट पारे । साथै, आगामी दिनमा स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा तनाव अझ बढ्न सक्ने चेतावनी पनि उनले दिए ।

बीएनपीका प्रवक्ता शायरुल कबिर खानले राजनीतिक हिंसामा संलग्न पार्टीका कार्यकर्ताहरूलाई प्रधानमन्त्री रहमानले यसअघि नै निष्कासन गरिसकेको बताए । उनले प्रधानमन्त्रीले गृह र कानुन मन्त्रालयलाई राजनीतिक आस्थाभन्दा माथि उठेर तटस्थ रहन र पीडितलाई न्याय सुनिश्चित गर्न कडा निर्देशन दिएको जानकारी दिए । साथै, उपमहाद्वीपको राजनीतिक संस्कृतिमा हिंसाको अंश रहँदै आएको र बंगलादेश पनि त्यसबाट अछुतो नरहेको उनको भनाइ थियो ।

पार्टीभित्रैको स्थानीय वर्चस्वका कारण पनि हिंसाका घटनाहरू भइरहेका छन् । गत जुन ९ मा एक बैठकका क्रममा स्थानीय बीएनपी अधिकारी बिल्लाल हुसेन तालुकदारको चक्कु प्रहार गरी हत्या गरिएको थियो । त्यसैगरी, जुन १२ मा चटगाउँमा बीएनपीका स्थानीय नेता तथा व्यवसायी मासुदुल हकको गोली हानेर हत्या भयो भने जुलाई ६ मा ढाका नजिकैको साभारमा विपक्षी नागरिक पार्टीको र्‍यालीलाई लक्षित गरी पेट्रोल बम प्रहार हुँदा चार कार्यकर्ता घाइते भएका थिए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ३ : १८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको