५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन « Khabarhub

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट ४२ करोड तीन लाख ४१ हजार ९३५ राजस्व संकलन भएको हो ।

चालक अनुमतिपत्रबाट १० करोड ९५ लाख १६ हजार २९१, आयकरबाट तीन करोड ६६ लाख २१ हजार ७५, बाँकी पटके कर, जाँचपासलगायत विभिन्न शीर्षकबाट संकलन भएको उनले बताए। सूचना अधिकारी शर्माका अनुसार कार्यालयले आव २०८१-८२ मा ५४ करोड राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलना बितेको आर्थिक वर्षमा बढी राजस्व संकलन भएको हो ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा सो कार्यालयमा गरिएको आगजनी तथा तोडफोडबाट कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै कागतपत्र जलेर नष्ट भएको थियो । त्यसपछि उक्त कार्यालयले जलेको भवनका दुई कोठा मर्मत गरी तत्काल सेवा प्रवाह गरेकाले राजस्व संकलन वृद्धि भएको कार्यालयका निमित्त प्रमुख केशव घिमिरेले बताए।

उनका अनुसार यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ८८ हजार ७९  मोटरसाइकल, २५ हजार २०१ जीप, कार, बसलगायत चार पाङ्ग्रे गरी एक लाख १३ हजार ७७० सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालयले अहिले पनि सोही कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ३ : ५२ बजे

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क