इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द « Khabarhub

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन गरेपछि बेलायती एयरलाइन्स कम्पनी इजीजेटले फ्रान्सका विमानस्थलबाट शनिबार र आइतबार सञ्चालन हुने १०० भन्दा बढी उडान रद्द गरेको छ।

इजीजेटका अनुसार फ्रान्समा कम्पनीका करिब ९०० जना क्याबिन क्रू कार्यरत छन्। तीमध्ये झण्डै आधा कर्मचारी आन्दोलनमा सहभागी हुने भएपछि पेरिस, निस, बोर्डो र लियोनलगायतका विमानस्थलबाट हुने उडान प्रभावित हुने भएका हुन्।

फ्रान्स इजीजेटका लागि महत्वपूर्ण बजार हो। फ्रान्समा यात्रु सङ्ख्याका आधारमा इजीजेट एयर फ्रान्सपछि दोस्रो ठूलो एयरलाइन्सका रूपमा रहेको जनाइएको छ।

कम्पनीले शुक्रबार पनि केही उडान रद्द भएको जनाएको छ। प्रभावित यात्रुहरूलाई वैकल्पिक उडान तथा मार्ग खोज्न सहयोग गरिरहेको इजीजेटले बताएको छ।

क्याबिन क्रूको प्रतिनिधित्व गर्ने एसएनपिएनसी–एफओका प्रतिनिधि विलियम बोर्डनले कर्मचारीहरूले आफ्नो काममा स्थिरता चाहेको बताएका छन्। उनका अनुसार उडानका गन्तव्य तथा तालिकामा एक सातामै ५० देखि ६० पटकसम्म परिवर्तन हुने गरेको छ।

सम्बन्धित कर्मचारी सङ्गठनहरूले अगस्ट ७ देखि सेप्टेम्बर २ सम्म आन्दोलनको चेतावनी दिएका छन्। इजीजेटले व्यस्त पर्यटकीय समयमा आन्दोलन नगर्न कर्मचारीलाई आग्रह गर्दै काममा स्थिरता कायम गर्ने प्रस्तावसहित सेप्टेम्बरमा वार्ता गर्ने योजना अघि सारेको जनाएको छ।

यसअघि गत अप्रिलमा क्याबिन क्रूले गरेको आन्दोलनका कारण पनि इजीजेटका उडानहरू प्रभावित भएका थिए।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ५ : ३८ बजे

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल