क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद « Khabarhub

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा तास खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले भदौ २९ गते राति २:०० बजे छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित हुने गरी जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चेकिङ गरेको थियो। पक्राउ पर्नेहरूमा रामेछापका विकी लामा र आपिश खड्का, सोलुखुम्बुका नुवाङ शेर्पा र पासाङ शेर्पा, सिन्धुलीकी ज्योती मगर, दोलखाका नारायण खत्री, काठमाडौँका दिल लामा, काभ्रेका अशोक लामा, नुवाकोटका सञ्जय तामाङ, ललितपुरका सबिनमान श्रेष्ठ तथा धनकुटाका सुदिप अधिकारी रहेका छन्।

घटनास्थलबाट प्रहरीले मोबाइल ९ थान, रु. १० लाख ८५ हजार ६ सय नगद र नगद सटहीमा प्रयोग हुने विभिन्न दरका क्वाइनहरू (रु. ५० हजारका ८ थान, रु. १० हजारका १९ थान, रु. १ हजारका ८८ थान र रु. १०० का ५ थान) बरामद गरेको छ।

पक्राउ परेका सबैजनामाथि जुवासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ११ : ५२ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना