बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग « Khabarhub

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन् । 

रैनादेवी छहरा, माथागढी,  तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली,  निस्दी गाँउपालिका र रामपुर तथा तानसेन नगरपालिकाले बाढीपीडितका लागि राहत स्वरुप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् । 

भोटेकोशी क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि स्थानीय तह, सङ्घसंस्था तथा विभिन्न क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेका बेला यहाँका स्थानीय तहले आर्थिक सहायता दिने निर्णय गरेका हुन् । 

रैनादेवी छहरा गाउँपालिकाले ३५ लाख ४४ हजार ३४५ राहत उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाले स्थानीय विपद् व्यवस्थापन कोषबाट दुई लाख ५० हजार, जनप्रतिनिधिबाट दुई लाख पाँच हजार ९५०, कर्मचारीबाट छ लाख ४८ हजार ८१, शिक्षकबाट २४ लाख २५ हजार ३१४ र तीज गीत कार्यक्रमलाई छुट्याएको १५ हजार बजेट कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय  गरिएको अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए।

विपद्का बेला मानवीय सहयोग र स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यपालिकाले सहयोग गर्ने निर्णय गरेको उनले बताए। 

माथागढी गाउँपालिकाले ३४ लाख ४६ हजार, रिब्दीकोट गाउँपालिकाले ३१ लाख ५० हजार पूर्वखोला गाउँपालिकाले २९ लाख ७५ हजार ९७२, बगनासकाली गाउँपालिकाले दुई लाख ५० हजार, रामपुर नगरपालिकाले दुई लाख ५० हजार, रम्भा गाउँपालिकाले दुई लाख ५० हजार र निस्दी गाउँपालिकाले एक लाख कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । 

रामपुर नगरपालिकाले प्रत्येक वर्ष गर्दै आएको उपप्रमुख तीज विशेष कार्यक्रम स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा भदौ १३ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले समेत बाढीपीडितका लागि राहत सामग्री संकलन तथा पठाउने कार्यलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन एकद्वार प्रणाली अपनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १ : ०६ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना