अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो « Khabarhub

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ।  एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगार व्यक्तिको सङ्ख्या नौ हजारले बढेको छ ।

यसैगरी, कुल जनसङ्ख्यामा रोजगारीमा रहेका व्यक्तिको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.६ प्रतिशतमा झरेको छ । श्रमशक्तिमा सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.८ प्रतिशत कायम भएको क्रिकले बताएका छन् ।

थप काम गर्न चाहने र त्यसका लागि उपलब्ध भए पनि पर्याप्त कामको समय नपाएका व्यक्तिको अवस्थालाई मापन गर्ने अल्परोजगारी दर ०.१ प्रतिशत विन्दुले बढेर ६.३ प्रतिशत पुगेको छ ।

सेप्टेम्बरमा आंशिक समय काम गर्नेहरूको कुल कार्यघण्टा १.५ प्रतिशतले घटेको छ भने पूर्णकालीन काम गर्नेहरूको कार्यघण्टा ०.४ प्रतिशतले बढेको क्रिकले जानकारी दिएका छन् ।

यद्यपि, अस्ट्रेलियाली तथ्याङ्क ब्युरोले श्रम बजारको वास्तविक प्रवृत्ति आकलन गर्न सिफारिस गर्ने प्रवृत्तिगत (ट्रेन्ड) आधारमा भने बेरोजगारी दर ४.६ प्रतिशतमा स्थिर रहेको छ । उक्त अवधिमा प्रवृत्तिगत रोजगारी ०.१ प्रतिशतले बढेको छ भने कुल कार्यघण्टा स्थिर रहेको तथ्याङ्कमा उल्लेख छ ।

एबीएसका अनुसार वार्षिक आधारमा रोजगारी र कुल कार्यघण्टामा क्रमशः १.२ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ । रासस

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  १ : ३४ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात