प्रधानमन्त्रीको भारत भ्रमणअघि सरोकारवालासँग परामर्श गर्न मीन विश्वकर्माको सुझाव « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणअघि सरोकारवालासँग परामर्श गर्न मीन विश्वकर्माको सुझाव


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले मुलुकमा लोकतान्त्रिक संस्थाहरूको प्रभावकारिता कमजोर हुँदै गएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विश्वकर्माले मन्त्रिपरिषद्, संसद्, न्यायपालिका, प्रहरी प्रशासन, निजामती क्षेत्रदेखि निजी क्षेत्रसम्मका व्यक्ति तथा संस्थाहरू त्रसित अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री अत्यन्तै शक्तिशाली हुँदा मन्त्रीहरू समेत दबाबमा रहने अवस्था सिर्जना भएको टिप्पणी गरे  । 

उनले संसद्मा जनप्रतिनिधिहरूले मन्त्री तथा प्रधानमन्त्रीलाई उपस्थित गराउन नसक्ने अवस्था आउनु लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक भएको बताए । नेता विश्वकर्माले राज्यका महत्त्वपूर्ण निकायहरू स्वतन्त्र र प्रभावकारी हुनुपर्नेमा जोड दिए  । 

प्रधानमन्त्रीको भारत भ्रमणबारे टिप्पणी गर्दै विश्वकर्माले विदेश भ्रमणलाई कुनै एक व्यक्तिको निजी भ्रमणका रूपमा नभई नेपालको अन्तर्राष्ट्रिय उपस्थितिका रूपमा लिनुपर्ने बताए ।

भ्रमणअघि राजनीतिक दल, पूर्वप्रधानमन्त्री, कूटनीतिज्ञ तथा सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्न उनले सुझाव दिए ।

त्यसतै एमाले नेता विष्णु रिजालले वर्तमान बालेन नेतृत्वको सरकार बहुदलीय लोकतान्त्रिक प्रणालीप्रति अनुदार बन्दै गएको आरोप लगाए । 

उनले सरकार गठन भएको साढे सात महिना बितिसक्दा पनि जनताले महसुस गर्ने गरी कुनै काम नभएको र मन्त्रिपरिषद्का बैठकहरू कर्मचारी सरुवा तथा विदेशी ऋण स्वीकृत गर्नेमा मात्र सीमित रहेको आरोप लगाए । 

नेता रिजालले प्रधानमन्त्रीले भारत भ्रमणको विषयमा दलहरू वा परराष्ट्रविद्हरूसँग कुनै परामर्श नगरेको उल्लेख गर्दै कूटनीतिक क्षेत्रमा सरकार पूर्णतः असफल भएको बताए ।

नेकपा नेता मेटमणि चौधरीले पुराना दलहरूप्रतिको इगो र रिसरागका कारण बनेको अहिलेको सरकार सिद्धान्त र नीतिका आधारमा भन्दा पनि बदलाको भावनाबाट निर्देशित रहेको बताए । 

उनले शिक्षा, स्वास्थ्य र बिजुलीमा भ्याट लगाइएको, चामल र ग्यासको मूल्य बढेर महँगीले सीमा नाघेको तथा प्रधानन्यायाधीश र प्रधानमन्त्री भइसकेका व्यक्तिलाई समेत मध्यरातमा गिरफ्तार गर्ने आतंककारी शैली सरकारले अपनाएको बताए ।

त्यसैगरी रास्वपा नेता हरिमोहन भण्डारीले प्रधानमन्त्री बालेन नेतृत्वको सरकार देशको एक मात्र आशा र भरोसा भएको बताए । उनले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र सुशासन कायम हुने दाबी गरे ।

उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमण विगतका जस्तो भड्किलो नहुने र विज्ञहरूसँग पर्याप्त सल्लाह लिएर जम्बो टोलीबिना नै सम्पन्न हुने जानकारी दिए । 

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ७ : ३२ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ