देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय « Khabarhub

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस केन्द्रीय कमिटीले पार्टीका निर्णयलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । त्यसका लागि निर्वाचित कमिटीका केही नेतालाई निर्वाचन आयोगमा पठाइने भएको छ।

बिहीबार ललितपुरको कुपण्डोलमा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आफ्ना निर्णय अद्यावधिक गराउन टोली आयोगमा पठाउने गरेको प्रवक्ता देवराज चालिसेले बताए ।

बैठकले कांग्रेस सभापतिका रुपमा शेरबहादुर देउवाले गर्दै आएको हस्ताक्षर हटाएर गगन थापाको कायम गराउने गरी आयोगमा जाने निर्णय गरेको हो । चालिसेले आफूहरूको निर्णय पुगेपछि आयोगले कांग्रेसको आधिकारिकताबारेको विवाद यथाशक्य चाँडो मिलाइदिने अपेक्षा पनि गरेका छन् ।

‘विशेष महाधिवेशन भइसकेको छ। यसले नयाँ कार्यसमिति चयन गरिसकेको छ। अब यस कार्यसमितिका निर्णय अद्यावधिक गराउँदैछौँ’, उनले भने, ‘आगामी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि हस्ताक्षर फेर्न र समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न आयोग जाने निर्णय भइसकेको छ।’

बिहीबार बिहान मात्रै गगनको नेतृत्वमा विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । गगनहरूले यो निर्णय गर्दै गर्दा संस्थापनले भने पार्टीको आधिकारिक वेबसाइटबाट विशेष पक्षका नेताहरूको नाम धमाधम हटाइरहेको छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : ०४ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को